सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोरोना सर्ने भन्दै तरकारी नष्ट गर्नेलाई कानुन बमोजिम कारबाही गर्नु : संसदीय समिति

काठमाडौं । किसानको उत्पादनबाट कोरोना फैलिन्छ भनेर अनधिकृत रूपमा तरकारी नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न संसदीय समितिले गृहमन्त्रालयलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकले कानून हातमा लिएर किसानको उत्पादन नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न निर्देशन दिएको हो ।

केही समय पहिले पोखरा, कपिलवस्तुलगायतका जिल्लामा वडाअध्यक्षहरूकै अगुवाइमा किसानको तरकारी नष्ट गरिएका समाचार सार्वजनिक भएका थिए । कोरोना संक्रमण फैलिने भन्दै उनीहरूले कुनै वैज्ञानिक आधारबिना तरकारी नष्ट गरेकोमा व्यापक आलोचना भएको थियो ।

‘कोभिड- १९ रोकथाम गर्ने सम्बन्धमा कानूनलाई हातमा लिइ अनधिकृत रूपमा तरकारी तथा फलफूल नष्ट गर्ने सम्बन्धित व्यक्तिलाई कानुनबमोजिम कारबाही गरी किसानका तरकारी निर्वाध रूपमा ओसारपसार गर्न सक्ने व्यवस्था गर्नू,’ समितले गृहमन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »