सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कोहलपुर र बैजनाथका क्वारेन्टाइनलाई बाँके युनेस्कोद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण


नेपालगन्ज,सटार्ट नेटवर्क युकेको आर्थिक सहयोगमा कतार च्यारेटी र ईस्लामिक रिलिफ नेपालद्धारा बाँके युनेस्को क्लबलाई प्रदान गरिएको महत्वपूर्ण स्वास्थ्य सामाग्रीहरुलाई बाँकेका कोहलपुर र बैजनाथ गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।


कोभिड १९ विरुद्धको अभियानलाई शसक्त बनाउन उपरोक्त पालिकामा रहेका क्वारेन्टाइनहरुका लागि ती सामाग्रीहरु उपलब्ध गराईएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।


उहाँले सटार्ट नेटवर्क युकेको आर्थिक सहयोगमा कतार च्यारेटी र ईस्लामिक रिलिफ नेपालद्धारा क्लबलाई उपलब्ध गराईएका सामाग्रीहरु हस्तान्तरण गर्ने कार्य जारी रहेको पनि बताउनु भयो ।
ती सामाग्रीहरुलाई बाँके युनेस्को क्लबका उपाध्यक्ष पन्चम गुरुंगले कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाललाई छुट्टा छुट्टै कार्यक्रममा हस्तान्तरण गर्नुभयो ।


स्वास्थ्य सामाग्री बुझ्दै कोहलपुर नगरपालिकाका प्रमुख रावतले यस्तो महामारीको विषम परिस्थितिमा महत्वपूर्ण स्वास्थ्य सामाग्रीहरु प्रदान गरेर ठुलो कार्य गरेको जनाउँदै सटार्ट नेटवर्क युके, कतार च्यारेटी, ईस्लामिक रिलिफ नेपाल र बाँके युनेस्को क्लबलाई धन्यवाद दिनु भयो ।


यस्तै छुट्टै कार्यक्रममा स्वास्थ्य सामाग्री बुझ्दै बैजनाथ गाउँपालिकाका अध्यक्ष रुचालले कोभिड १९ विरुद्धको अभियानलाई सफल पार्न राष्टिय र अन्तर्राष्टियस्तरका गैर सरकारी संस्थाहरुकको भूमिका अहम रहेको बताउनु भयो ।
बैजनाथ गाउँपालिकाका ६ वटा क्वारेन्टाइनका लागि हाथ धुने ट्यांकीसहितको सेट ६ वटा, ५७१ हाइजिन किट, ३० वटा सेट पीपीई, डिग्नीटि किट सय वटा, र बकेट मग र सरसफाइका अन्य सामाग्री हस्तान्तरण गरिएको छ ।


सोही प्रकारले कोहलपुर नगरपालिकाका ४ वटा क्वारेन्टाइनलाई पुग्ने गरि हाथ धुने ट्यांकीसहितको सेट ४ वटा, ५१६ हाइजिन किट, ५० वटा डिग्नीटि किट, २० वटा सेट पीपीई र बकेट मग र सरसफाइका अन्य सामाग्री हस्तान्तरण गरिएको छ ।


सो अवसरमा बाँके युनेस्को क्लबका बित्त र प्रशासन प्रमुख वेद पंगाली, पत्रकार रुद्र सुवेदी लगायतको उपस्थिति रहेको थियो ।


यसअघि क्लबले बाँके र बर्दियाका विपद व्यवस्थापन समितिहरुलाई पनि विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »