सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘को हो त्यो’ म्युजिक भिडियाेमा रानी र अलिशाकाे मस्ती

काठमाडाैँ । गायिका रानी शाक्यले आफ्नो नयाँ म्युजिक भिडियो ‘को हो त्यो ‘ सार्वजनिक गरेकी छिन । रोमान्टिक फ्लेवरको यस गीतमा एक युवतीले आफुलाई मन पर्ने मान्छेले सपनामा आएर आफुलाई सताएको र आफ्नो निद्रा चोरी लगेको वर्णन गरिएको छ ।

‘को हो त्यो ‘ बोलको यस गीतमा स्वर रानी शाक्यको रहेको छ भने शब्द गोविन्द प्रसाद उपाध्यायको रहेको छ । बिक्रम थापाले संगीतवद्द गरेको यस गीतलाई विशन मानन्धरले संगीत संयोजन गरेका हुन् ।

सुबल थापाले कोरियोग्राफी गरेको भिडियोमा एलिशा शर्मा र कमल सिंहको अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो ।

हाल अमेरिकामा बस्दै आएकी शाक्य पेशाले चिकित्सक हुन् । उनका ‘मेरो प्रियतम’ , ‘हरपल तिम्रो’ , ‘यो वैँशको मात’ , ‘सुरुवात’ , ‘पहिलो माया’ , ‘कथा’ बोलका गीतहरु स्रोता माझ लोकप्रिय छन। चर्चित संगीतकार मधु क्षेत्री, ओम कर्माचार्य, न्ह्यू बज्राचार्य, बिक्रम थापाको संगीतमा र चर्चित गीतकार रमण घिमिरे, अरुण तिवारी , सहदेव ढुंगाना , लक्ष्मी श्रेष्ठको शब्दमा आफ्नो स्वर दिसकेकी गायिका शाक्यले हाल सम्म गायिका शाक्यले १७ बढी गीत सार्वजनिक गरिसकेकी छिन ।

अमेरिकामा रहेर गीत संगीतमा क्रियाशील शाक्यले आफ्नो नयाँ म्युजिक भिडियो ‘को हो त्यो’लाई माया गरिदिन सम्पुर्ण स्रोता, दर्शक तथा मिडिया हाउसलाई आग्रह गरेकी छिन । ओएसआर डिजिटलको अफ़िसिएल च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाई सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »