सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्यान्सर पिडित नानु भन्छिन : यि २ बच्चाको लागी भएपनी मलाई बचाउनुस

तिस बर्ष कै उमेरमा क्यान्सर बाट थलिएकी नानु तामाङ ले आफ्ना २ सन्तान को लागी भएपनी आफु बाच्न जरुरी भएको बताएकी छिन । उपचार गर्ने क्रम मा आफु संग भएको सबै सम्पती सकिए पछी सहयोगको अपिल गर्न बाध्य भएकी तामाङ को घर सिन्धुपाल्चोक बलेफी ६ माङ्खा हो ।

नेपाल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरमा उपचाररत नानु ले‘गत वर्ष पेटमा ट्यूमर पलायो त्यसको अप्रेसन पनि भयो । अव त ठीक हुन्छ भन्नेमा थिए, तर पछि आएर थाहा भो आन्द्रामा क्यान्सर भएछ ।’पीडा पोख्दै भनिन्।

विपन्न नागरिकलाई गम्भिर प्रकृतिको रोगको उपचार वापतको सहुलियतमा उपचार गराँउदै रहेको परिवार स्रोतले जनाएको छ । अहिले सम्म सहयोग स्वरुप बलेफी गाउँपालिका ले रु एक लाख उपलब्ध गराएको छ भने कुपकन्या कृषि सहकारि का अध्यक्ष तेजवहादुर पराजुलि र माङ्खा काठमाण्डौ सम्पर्क समाजका अध्यक्ष कृष्ण कोपिलाले एक लाख चार हजार सहयोग जुटाइ दिएका छन ।सिन्धुपाल्कोक दक्षिण कारिया समाज का तर्फवाट वेदनाथ आचार्य मार्फत वाउन्न हजार र बाँकी दुवै सस्था सम्वद्ध सदस्यवाट आर्थिक सङ्कलन भएको हो।

आर्थीक अवस्था राम्रो नभएर बिगत लामो समय देखी बैदेशिक रोजगार को शिलशिला मा मलेशिया रहेका उनिका श्रीमान पनि केहि समय पछी नेपाल फर्कने तयारी मा छन । अलि अलि कमाएको पैसा ले अहिले सम्म धानिरहेको उन लाई नेपाल आएपछी के गर्ने भन्ने चिन्ता ले पिरोलिरहेको मलेशिया बाट सारा खबर लाई बताए का छन । 

कहिँ कतै वाट आर्थिक सहायता विना उपचार गराउन नसक्ने स्थिति भएपछि नानुले सहयोगको लागि अपिल गरेकी छिन् । ९८१३४५४७३९ उनको सम्पर्क नम्वर हो ।

भर्खरै

सम्बन्धित खबर

Language »