सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्यालिफोर्नियाको डढेलो ९ लाख हेक्टरमा फैलियो

काठमाडौं । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियामा लागेको विशाल डढेलो यसवर्ष झण्डै ९ लाख हेक्टर जमिनमा फैलिएको छ ।

क्यालिफोर्निया वन विभागका अनुसार एकै मौसममा यतिठूलो क्षेत्रमा डढेलो फैलिएको यो पहिलो पटक हो ।

विभागले सोमबार सार्वजनिक गरेको विवरणमा डढेलोबाट हालसम्म आठ जनाको मृत्यु भएको र तीन हजार ३०० भन्दा बढी संरचना ध्वस्त भएको उल्लेख छ । विभागका अनुसार निकै तिब्र हावा र न्यून आद्रताले समस्या अझ जटिल बनाएको छ ।

डढेलो नियन्त्रणका लागि हाज १४ हजार १०० भन्दा बढी अग्निनियन्त्रकहरु दिनरात आगो निभाउने काममा जुटेको पनि विभागले जनाएको छ ।

लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयका जलवायू विज्ञ ड्यानिल स्वेनले यस वर्षको डढेलो क्यालिफोर्नियाको इतिहासमै सबैभन्दा खतरनाक रहेको बताएका छन । उनले सन् २०१८ को भन्दा यस वर्ष बढी क्षति गरेको पनि जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »