सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्रसरको लागि ढुंगा निकाल्ने खानि बाट खसेको ढूंगा गुडीरहेको बाईकमाथि परेपछि

भकुन्डेबेसी । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ५ र रोशीगाउँपालिकाको सीमाना रोशीखोलाको विपि राजमार्ग घुमाउनेमा ढुङ्गा खस्दा जं. ८ पा ७४९० नं. को बाइक दुर्घटनामा परेको छ ।

रोशी गाउँपालिकाको प्रहरी चौकीको इन्चार्ज बिमल श्रेष्ठले बाइकमा सवार दुवैजनाको अवस्था चिन्ता जनक रहेको जानकारी दिएको छ भने बाइक पुर्णरुपमा क्षति भएको छ । घाइतेहरुको मेथिङकोट अस्पतालबाट उपचारका लागि धुलिखेल हस्पिटलमा लगिएको छ । अहिले सम्म घाइतेको कुनै परिचय खुल्न सकेको छैन ।

घटना भएको स्थानमा क्रसरको लागि ढुंगा खानी संचालन गरेको थियो । क्रसर संचालकहरुले उक्त स्थानमा ढुंगा निकाली सकेपछि नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप वृक्षारोपण गर्नु पर्ने थियो तर त्यत्तिकै अलपत्र छाडेका थिए । अहिले वर्षातको समयमा उक्त स्थानमा पहिरो चल्ने ढुंगा खस्ने हुँदा विपि राजमार्गमा गुड्ने सवारी साधनहरु कुनैपनि समयमा दुघट्ना हुने सम्भावन रहेको छ ।

भदौ १३ गते आइतबार बिहाना ८ः३० ढुंगा खसेर मोटरसाइकलमा सवार दुई व्यक्ति अहिले मृत्युपरन्त अवस्थामा छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »