सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्रसर संचालक उज्जलको अर्काे दादागिरी , सार्वजनिक वनको सिमलको रुख काटेर ह्रेन्जेन दोर्जे क्रसर संचालन भएको पुष्टि

काठमाडौँ । काभ्रेको तेमाल गाउँपालिका वडा नं. १ मा संचालन भएको ह्रेन्जेन दोर्जे कम्पनी प्रा. लि.ले सार्वजनिक वनको सिमलको रुखहरु काटेर क्रसर उद्योग संचालन गरेको पुष्टी भएको छ ।

बोहरे दोभान, चुखा हुँदै ठुलो पर्सेल संचालन हुने सडक खण्ड अवरुद्घ पारेको समाचार बाहिरीएसँगै सिमलको रुख काटेर क्रसर संचालन गरेको पुष्टि भएको
हो । बहुउपयोगी सिमलको रुखलाई सरकारले २०४९ साल देखि नै काट्नलाई पुर्ण प्रतिबन्ध लगाएको छ । वन डिभिजन कार्यालय काभ्रेका साहयक वन अधिकृत न्होच्छे कृष्ण श्रेष्टको अनुसर दुर्लभ सिमलको रुखलाई संरक्षित गर्नु पर्नेमा यदि कसैले कटानी गरेको पाएमा कानुन बमोजिमको कार्बाही हुने बताउनु भयो ।

ह्रेन्जेन दोर्जे क्रसरले २५ वटा भन्दा बढी सिमलको रुख काटेको स्थानीयले नाम नबताउने सर्तमा सारा खबरलाई जानकारी दिनुभयो । स्थानीयका अनुसार क्रसर संचालन भइरहेको स्थल वरिपरि अहिले कुनै पनि सिमलको रुखहरु छैनन ।

मापदण्ड विपरित संचालित क्रसर उद्योगका कारण आदाबाट गाउँ जोखिममा परेको छ ।

उज्जल भनिने ज्ञान ध्वज तामाङले कटानी गरेकाे सिमलकाे याे रूख छैन अहिले

भर्खरै

सम्बन्धित खबर

Language »