सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्रिकेट खेलाडी वर्गिकरणमा राखेपद्धारा ७ दिनभत्र स्पष्टीकरण माग

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यानले २०२० का लागि गरेको खेलाडी वर्गिकरणमा चासो देखाएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै राखेपले क्यानलाई खेलाडी वर्गिकरणमा देखिएको समस्याबारे स्पष्टीकरण माग गरेको छ ।

राखेपले नेपाल क्रिकेट खेलाडी संघ –सिप्यान) र क्रिकेट खेलाडीको निवेदनको सुनुवाइका रुपमा क्यानलाई किन खेलाडीको वर्गिकरणमा परेनन् र किन तलमाथि भए कारणसहित ७ दिनभत्र प्रष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)र विभिन्न क्रिकेट खेलाडीले क्यानको वर्गिकरण चित्त बुझ्दो नभएको भनी राखेपमा निवेदन दर्ता गराएको सम्बन्धमा राखेपको गम्भीर ध्यानाकर्षण भएको छ । क्रिकेट खेलाडीहरुको वर्गीकरणको आधार र वर्गिकरणमा नपर्नका कारण समेत राखेपमा ७ दिन भित्र स्ष्टीकरण पेश गर्न निर्देशन दिइएको व्यहोराको पत्र क्यानका अध्यक्ष र सचिवलाई इमेल मार्फत पठाइएको छ।’

भर्खरै

सम्बन्धित खबर

Language »