सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर

बुटवल। रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएको एक विरामीलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको छ ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि क्रिमसन अस्पतालमा भर्ना भएका विरामीलाई दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको छ।

उनको अहिले पनि सोही अस्पतालको आइसियूमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिए। ४१ वर्षीय उनी सरकारी विद्यालयका शिक्षक रहेको र पछिल्लो समय कहीँ गएको नभए पनि लक्षण हेर्दा कोरोनासँग मिल्दो पाइएपछि अस्पतालबाटै स्वाब संकलन गरी परीक्षणको लागि लगिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।

‘उहाँको ट्राभल हिस्ट्री कतै बाहिर गएको पाइएको छैन, उहाँकै विद्यालयमा क्वारेन्टाइन सञ्चालन गरिएकोले सोही क्वारेन्टाइनबाट पनि संक्रमण भएको हो कि भन्न सकिन्छ’, शाहले भने। अस्पतालको आइसियूमा भर्ना भएको कारण उनको उपचार त्यहीँ हुन्छ वा अन्यत्र लगिन्छ भन्ने विषयमा छलफल भइरहेको शाहले जानकारी दिए।

गुल्मीका कोरोना भाइरस (कोभिड-१९) का संक्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत विरामी भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गुल्मीका एक पुरुषमा कारोना संक्रमण पुष्टि भएको बताएको थियो । उनी मदाने गाउँपालिका– ६ पुर्कोट दहका हुन्।

जण्डिस र निमोनिया भएको भन्दै आफन्तले १ जेठमा क्रिमसन अस्पताल भर्ना गरेका थिए । क्रिमसन चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।

स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटर (कृतिम श्वासप्रश्वास) मा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनको २ गते थ्रोट स्वाब संकलन गरेको थियो र भैरहवास्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो । शिक्षक पेशामा आवद्ध उनको ट्राभल हिस्टी नभएको मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बताए । उनले भने, ‘कसरी कोरोना लाग्यो, हामी अचम्ममा छौं ।

भर्खरै

सम्बन्धित खबर

Language »