सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्वारेन्टाइनमा रहेका महिलालाई रेडक्रसद्वारा डिगनिटी किट वितरण

प्रहलाद विश्वकर्मा

नेपालगंज , कोरोना भाइरसको शंकास्पदका रुपमा क्वारेटाइनमा बसेका महिलाहरुलाई नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले डिगनिटी किट वितरण गरेको छ ।

बाँके जिल्लाको क्वारेन्टाइनमा आश्रय लिएका महिलाहरुलाई उक्त किट उपलब्ध गराइएको छ । यसरी वितरण गरिएको स्थानहरुमा बहुमुखी क्याम्पस नेपालगंज, जानकी गा.पा.२ जोगागाउँ विद्यालय, खजुरा गा.पा.को शुक्र मा.वि. प्रा.वि.मानपुरमा रहेका ३० जना महिलाहरुलाई वितरण गरिएको हो ।

आगामी दिनमा बाँके जिल्लाको सबै क्वारेन्टाइनमा बसी रहेका महिलाहरुलाई उक्त किट उपलब्ध गराउदै जाने जानकारी प्राप्त भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »