सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्वारेन्टाइनलाई तरकारी सहयोग


नेपालगञ्ज, वैजनाथ गाउँपालिका– ८ हसनापुरस्थित भगवती मावि क्वारेन्टाइनलाई स्थानीय सहकारी संहकारी संस्थाले तरकारी सहयोग गरेको छ ।

महिला साना किसान कृषि सहकारी संस्थाले क्वारेन्टाइनमा आश्रीतहरुका लागि शनीबार ढाई क्वीन्टल तरकारी सहयोग गरेको हो ।

भारतबाट आएका ८७ जनालाई त्यहाँ राखीएको छ । सहकारी संस्थाकी अध्यक्ष निर्मला रोकायाले क्वारेन्टाइन व्यवस्थापक एवं वडा सदस्य शुक्र बहादुर रावतलाई तरकारी हस्तान्तरण गर्नु भएको हो ।

आलु, लौकी फर्सि, कटहर लगायतको करिव ६ हजार बराबरको तरकारी सहयोग गरिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »