सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्वारेन्टाइन र आइसोलेशनमा हाइजिन किट वितरण

प्रहलाद विश्वकर्मा

नेपालगञ्ज, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा नेपालगञ्ज स्थित महेन्द्र बहुमुखी क्याम्पस क्वारेन्टाइन र औद्योगिक विकास निगमको भवनमा संचालन भैरहेको आइसोलोसन केन्द्रमा रहेका २९ जना व्यक्तिहरुलाई ब्यक्तिगत सुरक्षा र सरसफाई सामग्री हाइजिन किट वितरण गरिएको छ ।

नेपालगंज उपमहानगरपालिकाको समन्वय र जिआईजेड नेपालको सहजीकरणमा नेपाल रेडक्रस सोसाइटी बाँकेद्वारा नेपाल स्थित जर्मन दुतावाससँगको साझेदारीमा संचालन भैरहेको कोभिड–१९ प्रतिकार्य कार्यक्रमको सहयोगमा उक्त किट वितरण गरिएको हो ।

बहुमुखी क्याम्पस नेपालगंजको क्वारेन्टाइनमा रहेका २ जना महिला सहित १५ जना र जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिद्वारा औद्योगिक विकास निगममा संचालित आइसोलेशन केन्द्रमा रहेको १४ जना गरी जम्मा २९ जनालाई हाइजिन किट वितरण गरिएको छ ।

वितरण गरिएको सामग्रीमा तौलिया १, पानी पिउने बोतल १ सेनिटाइजर १ बोतल, नुहाउने साबुन १, कपडा धुने साबुन १, हातधुने जेल साबुन १, ग्लोबस १४, मास्क १४, कपडा सुकाउने डोरी १, सरफ ५०० ग्राम, झुल १, नङकटर १, काईयो १, सिट्ठी १, दन्त मञ्जन÷ब्रस १÷१ र प्याकिङ्ग व्याग रहेको छ । साथै महिलको लागि २÷२ प्याकेट स्यानीटरी प्याड र पेन्टी समेत रहेको छ ।

कोभिड १९ महामारीको कारण क्वारेन्टाइनमा बस्नुपर्ने र आइसोलेशन केन्द्रमा आउने १ हजार जनासम्म ब्यक्तिहरुलाई उक्त सामग्री वितरण गरिने रेडक्रस बाँकेले जनाएको छ ।

उक्त वितरण कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले नेपाल रेडक्रस सोसाइटी बाँकेले नेपालगञ्ज उपमहानगरपालिकासँगको समन्वयमा प्रस्ताव गरेको कार्यक्रमलाई नेपाल स्थित जर्मन दुतावासले सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।

साथै यस अभियानलाई सफल पार्नको लागि जीआईजेडले गरेको सहजीकरण पनि स्मरणीय रहेको उहाँले बताउनु भयो ।

सोही क्रममा नेरेसो बाँके जिल्ला शाखाका सभापति गोवर्धन सिंह सम्झनाले रेडक्रस मानवीय सहायताको क्षेत्रमा सदैव सरकारको सहयोगी संस्था भएकोले हरेक किसिमका मानवीय संकटमा आप्mनो भूमिका निर्वाह गर्ने र यसमा सहयोग गर्ने निकाय र सरकारसँग मानवीय सहायता आदानप्रदानको लागि सहजीकरणको भूमिका खेल्ने जानकारी गराउनु भयो ।

यसै प्रशंगमा आईसोलेसन केन्द्रमा रहेका ले ढिलै भएपनि सरसफाई र ब्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएकोमा उपमहानगरपालिका र रेडक्रसलाई धन्यवाद दिनु भयो र यसबाट आप्mनो सुरक्षामा अझ मद्दत पुग्ने बताउनु भयो ।

वितरण कार्यक्रममा नेरेसो बाँकेका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, बरिष्ठ जिल्ला शाखा अधिकृत दोेलखबहादुर डाँगी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार सोनखर, नेपालगंज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द, महिला बालबालिका शाखा प्रमुख शोभा शाह लगायतको उपस्थिति रहेको थियो ।

2Prahlad Vishwakarma and 1 other

भर्खरै

सम्बन्धित खबर

Language »