सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्वारेन्टाईन बसेकाहरुका लागि खाना, नास्ताको व्यवस्था

नेपालगन्ज ,कोरोना भाईरसको प्रकोपलाई नियन्त्रण गर्न नेपाल सरकारले लगाएको लकडाउनको अवधीमा नेपालगंज उपमहानगरपालिका भित्र क्वारेन्टाईनमा बसेकाहरुका लागि खाना र नास्ताको व्यवस्था गरिएको छ ।


श्री गुरुनानक सिंह सभा (गुरुद्वारा), नेपाल शिवसेना, अवधी पत्रकार संघ बाँके शाखाद्वारा क्वारेन्टाईनमा बसेका करीब २०० बढीका लागि दैनिक रुपमा साँझ–बिहान खानाको व्यवस्था गरिएको गुरुद्वाराका प्रधान राजेन्द्रसिंह सरदारले जानकारी दिए ।


त्यसैगरी बिहान नास्ताको लागि संत निरंकार मण्डल नेपाल शाखा कार्यालय नेपालगंज, नेपाल शिवसेना र अवधी पत्रकार संघ बाँके शाखाको सहकार्यमा २०० बढी नास्ताको व्यवस्था गरिएको संत निरंकार मण्डलका संजय श्रेष्ठले बताए ।


मानव सेवा नै धर्म हो भन्ने मान्यताका साथ विभिन्न व्यक्तिहरुको सहयोगबाट यसखाले आयोजनाहरु विगतदेखि नै गर्दै रहेको गुरुद्वाराका सचिव जोगेन्द्र सिंह सरदारले बताए ।

उनका अनुसार यस संकटको घडीमा कुनै पनि नेपाली दाजु–भाईहरुलाई भोकै बस्ने अवस्था सिर्जना नहोस् भनी हामीले नेपालगंज उपमहानगरपालिकासित सहकार्य गरी क्वारेन्टाईनमा बसेका सबैका लागि खानाको व्यवस्था गर्दै आईरहेको बताए ।


यस मानव सेवा कार्यमा महेन्द्रसिंह सरदार, जसपालसिंह सरदार, जोगेन्द्रसिंह सरदार, राजकुमार रौनियार, राजेन्द्रसिंह सरदार, हरपितसिंह सरदार, मदनराज शर्मा, सुखदिपसिंह सरदार, राजकुमार (कारीगर), अमरजितसिंह सरदार, सोनु सिंह लगायतका व्यक्तिहरुले खाना तयारीमा सहयोग गर्दै आईरहेका अवधी पत्रकार संघका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले बताए ।


त्यसैगरी नास्ता तयारीमा संजय श्रेष्ठ, राघव भट्टराई, पंकज निशाद, दिपक गुप्ता, राहुल कश्यप, खेलावन गोडिया लगायतले सहयोग गर्दै आईरहेको समेत अध्यक्ष त्रिपाठीले बताउनुका साथै यस संकटको घडीमा सहयोग, सहकार्य गर्ने सम्पूर्णलाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »