सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्वारेन्टाईन ब्यवस्थापनका लागि यस्ता छन नेकपा बाँकेका युवा नेता रत्न खत्रीका सुझाव

नेपालगञ्ज, नेकपा बाँकेका संगठन विभाग प्रमुख तथा कोरोना संक्रमण नियन्त्रणका लागि पार्टीले खजुरा गाउँपालिकामा समन्वयकर्ताको रुपमा रहनुभएका नेता रत्न खत्रीले क्वारेन्टाईन ब्यवस्थापनका लागि ६ बुँदे सुझाव दिनुभएको छ ।

खजुरा गाउँपालिका भित्र बनेका क्वारेन्टाइनहरूको स्थलगत अनूगमनपछि खत्रीले क्वारेन्टाईन सुधार, त्यहाँ बसिरहेकाहरुलाई राहत तथा अन्य ब्यवस्थापनका लागि सुझाव दिनुभएको हो ।

खत्रीका सुझाव
१। क्वारेन्टाइन व्यवस्थापनमा स्थानीय समूदायको साथ, सहयोग र क्रियाशिलता प्रेरणादायी छ । स्थानीय युवाहरू स्वयमसेवकको रूपमा क्वारेन्टाइन व्यवस्थापनमा फ्रन्टलाइनमा रहेका छन् । म ती युवाहरू सहित क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरूको कोरोना भाइरस विमा गर्नका लागि स्थानीय सरकारसँग माग गर्दछु ।
२। वडा कार्यालय तथा सम्बन्धित क्वारेन्टाइन व्यवस्थापन समितिसँग भारतबाट आएका र आउनेहरूको तथ्यांक अपडेटेड छ । ति तथ्यांकका आधारमा क्वारेन्टाइनहरूको संख्या देखि लिएर त्यहाँ चाहिने सरसामानको अहिलेबाट नै व्यवस्थापन गर्नु जरूरी छ ।


३। क्वारेन्टाइनमा बसेकाहरू भारतबाट आएका श्रमिकहरू हुन् । उनीहरूको आर्थिक क्षमता कमजोर छ । ती युवाहरूलाइ रोजगारीका अवसरहरू प्रदान गर्न जरूरी छ । यसबारेमा तत्काल योजना बनाउनु पर्छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ती युवाहरूलाइ रोजगारीको अवसर प्रदान गर्न सकिन्छ ।


४। मजदुरीका लागि भारत गएका युवाहरू जो अहिले क्वारेन्टाइनमा छन, उनीहरू भारतमा बेरोजगार भएको कम्तीमा ४५ दिनपछि नेपाल फर्केका हुन् भन्ने तथ्यलाइ स्मरण गर्दै उहाँहरूलाइ राहत वितरण अविलम्ब गरिनुपर्नेमा घरबाट नै खाना ल्याउनुपर्ने अवस्था रहेको छ । यसलाइ अन्त्य गर्दै तत्काल क्वारेन्टाइनमा रहेकाहरूलाइ खाना खुवाउने अभियान संचालन गर्न गाउँपालिकाले पहल गर्नुपर्दछ ।


५। क्वारेन्टाइनहरू स्कुलहरूमा छन् । क्वारेन्टाइनको भौतिक सुविधा बढाउनु भनेको स्कुलहरूको सुविधा बढ्नु हो । सरकारको क्वारेन्टाइन निर्दे्शिका अनुसारको क्वारेन्टाइन निर्माणको लागि अग्रसरता लिनु अहिलेको आवश्यकता हो ।


६। र अन्त्यमा, यो महामारीका विरूद्वको लडाइमा जनपरिचालनको भूमिका सबैभन्दा महत्वपुर्ण अस्त्र हो । सबैको भूमिकालाइ सम्मान गर्न तथा यथोचित जिम्मेवारी वहन गर्न म हार्दिकतापुर्ण रूपमा सम्पुर्ण पार्टी पंक्ती तथा आम समूदायमा आह्वान गर्दछु ।


खत्रीले गाउँपालिकाका क्वारेन्टाईनमा मास्क, सेनिटाईजर लगायतका सर्जिकल सामग्री उपलब्ध गराउँदै आउनुभएको छ ।(लोकप्रियन्यूजबाट साभार)

भर्खरै

सम्बन्धित खबर

Language »