सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क्‍वारेन्टाइनबाट भागेका एक जना व्यक्ति मृत अवस्थामा फेला

धनगढी। कैलालीको गोलादेवी आधारभूत विद्यालयस्थित क्‍वारेन्टाइनबाट भागेका एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

गोदावरी नगरपालिका- ८ बस्ने अन्दाजी ४५ वर्षीय ती पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी आइतबार बिहान क्‍वारेन्टाइनबाट भागेका थिए ।

प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले गोदावरी-८ कवुलेती सामुदायिक वनको भित्र जाने बाटो नजिक ती व्यक्तिको शव आइतबार अपरान्ह ४ बजे फेला परेको बताए । ती व्यक्ति भारतबाट फर्किएपछि साउन १ गतेदेखि क्‍वारेन्टाइन राखिएको थियो ।

डीएसपी विष्टले मृतकको थ्रोट स्वाब लिइसकेको तर रिर्पोट आउन बाँकी रहेको बताए । ‘पीसीआर रिपोर्ट आउन अघिसम्म कोहि पनि शवको नजिक गएका छैनौं,’ उनले भने, ‘ घटनास्थल सिल गरेका छौं । रिर्पोट आएपछि लास उठाउने काम हुने छ ।’

भर्खरै

सम्बन्धित खबर

Language »