सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

क-कस्ले पाउँछन् काेराेना जाेखिम भत्ता ?

काठमाडौ। सफाइ कर्मचारी सहित कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा संलग्न कर्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउने भएको छ । जोखिम भत्ता उपलब्ध गराउने प्रयोजनका लागि ‘कोरोना भाइरसको संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन सम्बन्धी आदेश’ मा कोरोना जोखिम भत्ता सम्बन्धी व्यवस्था गरिएको छ ।

भत्ता व्यवस्थापन सम्बन्धी आदेश अनुसार करिव एक दर्जन सेवा र क्षेत्रमा कार्यरत कर्मचारी तथा जनशक्तिले कोरोना जोखिम भत्ता प्राप्त गर्ने छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी पारेको भत्ता व्यवस्थापन सम्बन्धी आदेश अनुसार सबैभन्दा जोखिमपूर्ण क्षेत्रमा कार्यरत जनशक्तिले पारिश्रमिकको शत प्रतिशत भत्ता पाउनेछन् । अन्य जनशक्तिलाई भने जोखिमको अवस्था हेरेर भत्ता दिइने भएको छ ।

कोरोना जोखिम भत्ता पाउनेमा चिकित्सक, नर्स, पारामेडिक्स र प्रयोगशालाकर्मी रहेका छन् । यस्तै इमेजिङ सेवा प्रदायक, एम्बुलेन्स चालक तथा सहायक, इलेक्ट्रिसियन तथा प्लम्बर, सुरक्षाकर्मी र सफाइमा संलग्न कर्मचारीले समेत कोरोना जोखिम भत्ता पाउनेछन् ।

प्रशासनिक तथा अन्य कर्मचारी र सहयोगी साथै कार्यालय प्रमुखले कोभिड-१९ को नियन्त्रण, उपचारमा संलग्न हुने गरी खटाएको सबै जनशक्तिले यस्तो भत्ता पाउने गरी भत्ता व्यवस्थापन सम्बन्धि आदेश बनाइएको छ ।

कुन-कुन जनशक्तिले पाउँछन् ?
त्यस्तै त्रिभुवन विमानस्थलको हेल्थ डेस्कमा खटिएका सेवा गरेका सबै कर्मचारी, स्थलगत नाकामा खटिएका हेल्थ डेस्कका कर्मचारीले समेत यस्तो भत्ता पाउनेछन् । सरकारले आवश्यक ठानी विभिन्न स्थानमा खडा गरेको हेल्थ डेस्कमा खटिएका कर्मचारीलाई समेत यस्तो भत्ता उपलब्ध गराउने आदेशमा उल्लेख छ ।
यस्तै सरकारले विदेशबाट नेपाल आएका व्यक्तिको निगरानीका लागि बनाएका क्वारेन्टाइनको व्यवस्थापनमा खटिएका कर्मचारीले समेत भत्ता पाउने आदेशमा उल्लेख छ । त्यस बाहेक स्वदेश भित्र विभिन्न स्थानमा खडा गरिएका क्वारेन्टाइनको व्यवस्थापनमा खटिएका कर्मचारीलाई पनि यस सूचीमा राखिएको छ ।

यसभित्र संघ, प्रदेश र स्थानीय तह सबै तहमा खटिने कर्मचारी तथा जनशक्तिले समान रुपमा भत्ता पाउने प्रावधान बनाइएको छ । भत्ता पाउने सूचीमा संक्रमणको आशंका लागेका व्यक्तिको परीक्षण र त्यस क्रममा सहयोग पुर्‍याउन खटिने कर्मचारीलाई समेत समेटिएको छ । कोरोना पुष्टि नभएपछि आंशकामा बिरामीलाई आइसोलेसनमा राखेका बेला बेड र वार्डमा खटिने कर्मचारीलाई समेत सरकारले प्रोत्साहन तथा जोखिम भत्ता दिने भएको छ ।

संक्रमण भई उपचारमा रहेका व्यक्तिको उपचारमा खटिएका जनशक्ति, कोरोना विशेष अस्पताल भनि तोकिएका अस्पतालमा कार्यरत सबै कर्मचारीलाई यस्तो भत्ता दिइने भएको छ । सरकारले शंकास्पद व्यक्तिको नमुना संकलन, प्याकिङ र ढुवानीमा खटिने सबै जनशक्तिलाई पनि भत्ता दिने भएको छ ।

बिरामीसँग सम्बन्धमा आएका व्यक्तिको खोजी (कन्ट्याक्ट ट्रेसिङ) मा खटिने जनशक्ति र यी सबै कामको अनुगमन, मूल्यांकन तथा व्यवस्थापनमा खटिने कर्मचारीलाई समेत कोरोना विशेष भत्ता दिइने भएको छ । भत्ता पाउन आफू सम्बन्धित काममा खटेको प्रमाणित हाजिरी भने हेरिने भएको छ ।

निजी, सामुदायिक, सहकारी र गैरसरकारी सबै अस्पतालमा कोरोनाविरुद्ध खटिएका जनशक्तिले यस्तो भत्ता दिनुपर्ने भएको छ । अस्पतालले सेवा दिएको बिरामीको विवरणका आधारमा सम्बन्धित अस्पताललाई रकम उपलब्ध गराउने उल्लेख छ ।

तलव स्केलको शतप्रतिशत भत्ता पाउने कर्मचारी

– संक्रमणको शंका लागि आइसोलेसनमा राखिएका वा संक्रमण पुष्टी भई उपचारमा रहेका बिरामीको उपचारमा प्रत्यक्ष संलग्न जनशक्ति ।

– संकास्पद तथा संक्रमण पुष्टि भएका बिरामीको नमुना संकलन गर्ने जनशक्ति

– प्रयोगशालामा प्रत्यक्ष रुपमा परीक्षण र प्रमाणीकरणमा खटिने जनशक्ति

७५ प्रतिशत भत्ता पाउने

– संक्रमणको शंका लागि आइसोलेसनमा राखिएका वा संक्रमण पुष्टी भई उपचारमा रहेका बिरामीको उपचारमा प्रत्यक्ष सहभागी हुन नपरेपनि अप्रत्यक्ष रुपमा खट्नु पर्ने सहयोगी कर्मचारी

५० प्रतिशत भत्ता पाउने

– विमानस्थल, विभिन्न हेल्थडेस्कमा खटिएका कर्मचारी

– संकलन भएको नमुना संकलन ओसारपसार र संक्रमित तथा आंशका गरिएका बिरामीको ओसार९पसारमा संलग्न सवारी साधनका कर्मचारी

– प्रयोगशालामा प्रत्यक्ष रुपमा परीक्षण र प्रमाणीकरण गर्ने कार्यमा सहयोगीको भूमिका खेल्ने कर्मचारी

भर्खरै

सम्बन्धित खबर

Language »