सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खजुरामा धर्मगुरु, जनप्रतिनिधिहरुद्धारा लैंङ्गिक हिंसा अन्त्यको प्रतिबद्वता

नेपालगंज , खजुराका धर्मगुरु, जनप्रतिनिधिहरुद्धारा लैंङ्गिक हिंसा अन्त्यको लागि हस्ताक्षर गरि प्रतिबद्वता जनाएका छन् ।

“लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्वताः व्यक्ति ,समाज र सबैको एक्यबद्वता” मुलको नाराको साथ लैङ्गिक हिंसा बिरूद्वको १६ दिने अभियानको अवसरमा खजुरा गाउँपालिकाको आयोजना तथा भेरी वातावरणीय विशिष्टता समुह (बि–ग्रुप), जनजागरण समाज, स्याक नेपाल, बाँके यनेस्को क्लब र बिभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा “स्थानीय जनप्रतिनिधिहरु,धार्मिक गुरुहरु र सरोकारवाला विच अन्तरक्रिया कार्यक्रम” मा प्रतिबद्धता जनाएका हुन् ।

सो कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले समाजबाटै नै लैगिक हिंसा अन्त्यको लागि सम्पुर्ण सरोकारवाला निकाय विच सहकार्य गरि अघि बढनु पर्ने बताउनुभयो । साथै उहाँले धर्मगुरुहरुको समाजमा शान्ति कायम गर्न अहम भुमिका हुने बताउनुभयो ।

सो कार्यक्रममा लैंङ्गिक हिंसा तथा सामाजिक समावेशीकरणको बारेमा बि–ग्रुपका लैङ्गिक अधिकृत सोम गुरुङले प्रष्ट पारेका थिए । भने कार्यक्रमको अवधारण बारे जनजागरण समाजका कार्यकारी ब्यवस्थापक राम बहादुर पुनले प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा अतिथिहरुमा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, महिला शाखा प्रमुख सुशिला न्यौपाने तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरु, धार्मिक गुरुहरु(हिन्दु, ईस्लाम र क्रिस्चियन ,बौद्ध) र सरोकारवाला निकाय र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रम म हिंसा गर्दिन र सहदिन भन्ने हस्ताक्षर गरि प्रतिबद्धता समेत गरिएको थियो । लैङ्गिक हिंसा बिरूद्वको १६ दिने अभियानको अवसरमा खजुरा गाउँपालिकाको आयोजनामा विभिन्न कार्यक्रम गरि मनाई रहेको छ ।

खजुराका धर्मगुरु, जनप्रतिनिधिहरुद्धारा लैंङ्गिक हिंसा अन्त्यको लागि हस्ताक्षर गरि प्रतिबद्वता जनाएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »