सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खजुरामा सय वटा खानेपानीका धारा जडान गरिएपछि ६०० जना प्रत्यक्ष लाभान्वित

नेपालगन्ज, खानेपानीको अभाव झेली रहेका खजुरा गाउँपालिकाका सर्वसाधारणका लागि बाँके युनेस्को क्लवले कतार च्यारिटीको सहयोगमा खानेपानी धारा जडान गरेर खानेपानीको समस्या समाधान गरेको छ ।

खजुरा गाउँपालिकाको वडा नम्बर २ र ३ मा खानेपानीको सबैभन्दा बढी समस्या रहेकोले सो समस्या समाधानका लागि क्लबे ती वडामा सय वटा खानेपानीको धारा जडान गरेर सो समस्या समाधान गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

उहाँले खानेपानीको धारा जडान गर्न नसकेर समस्यामा रहेका सय विपन्न परिवारका लागि धारा जडान गरेर ६०० जना भन्दा बढीलाई प्रत्यक्ष लाभ पुरयाईएको बताउनुभयो । विपन्न र आवश्यकता भएका परिवारलाई खानेपानीबाट बन्चित हुन नपरोस भन्ने उदेश्यका साथ खजुरा गाउँपालिका वडा नम्बर २ र ३ मा करिब एकसय खानेपानीको धारा स्यालो ट्युव वेल परियोजना अन्तर्गत जडान गरिएको र अझै केही जडानको पक्रियामा रहेको कतार च्यारिटी नेपालका निर्देशक ईर्शाद अलि शेषले बताउनुभयो ।

उहाँले विपन्नलाई अति आवश्यक सहयोग कतार च्यारिटीले गर्दै आएको बताउनुभयो । खानेपानीको धारा स्यालो ट्युव वेल परियोजना अन्तर्गत घर नजिकै खानेपानीको धारा नभएका र धारा भएपनि निकै कम गहिराईमा जडान गरिएका धाराका पानी खान बाध्य भएका परिवारलाई आवश्यकता अनुसार धारा जडान गरिएको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले धारा जडान भएपछि सयौं विपन्न परिवारलाई खानेपानीमा धेरै सहजता भएको जनाउँदै यो राम्रो कामका लागि कतार च्यारिटी र बाँके युनेस्को क्लबलाई आभार व्यक्त गर्नुभयो । ्क्लबले बाँकेमा कतार च्यारिटीको सहयोगमा विपन्न र असहायका लागि विभिन्न परियोजना सञ्चालन गर्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »