सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खजुरामा सहुलियत पुर्ण कर्जा का लागि सम्झौता


खजुरा, राष्ट्रिय बाणिज्य बैंक र खजुरा गाउँपालिका वीच सहुलियत पूर्ण कर्जाका लागि ब्याजअनुदानमा सम्झौतामा हस्ताक्षर भएको छ ।

खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति र राष्ट्रिय बाणिज्य बैंकका लुम्बिनी प्रदेश प्रमुख आनन्द सुवेदीले सम्झौतामा हस्ताक्षर गरेकाहुन ।

विभिन्न ७ शीर्षकमा प्रवाह गरिने सहुलियत कर्जा अबखजुरा गाउँपालिका क्षेत्रभित्रका करीब १ सययुवाहरूलाई पालिकाको सिफारिसमा प्रदान गरिने छ ।

खजुरा गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बिनाधितो सहुलियत कर्जा प्रदान गर्ने नीति अवलम्बन गरेको थियो ।

कृषित थाप शुपालन, सीप मूलक र उत्पादन गायतका क्षेत्रमा लगानी का लागि सिफारिस गरिने पालिकाले जनाएको छ ।
सहुलियत कर्जा महिला उधमीका लागि १ दशमलव ६ र अन्य कर्जामा २ दश मलव ६ प्रतिशत रहेको छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै पालिका प्रमुख कक्षपतिले स्थानीय सरकार जमानी बसेर प्रवाह गरिने सहुलियत कर्जाको लागि भोली देखी नै कार्यान्वयन मा जाने बताए ।

राष्ट्रिय बाणिज्य बैंक लुम्बिनी प्रदेश प्रमुख आनन्द सुबेदीले निर्वाह मुखी नभई व्यवसायिकरणमा जानकानिम्ति सहुलियतपूर्ण कर्जा दिने गरेको बताए ।

खजुरा गाउँपालिका उपप्रमुख एक माया विकले सीपको पहिचान गर्दै उत्पादन मा जोडन सहुलियत पूर्ण कर्जा रहेको बताइन् ।

रा बा बैंक कृषि रिण अधिकृत रोशन सुवेदीले ७शीर्षक मा प्रदान गर्ने सहुलियत पूर्ण कर्जाबारे जानकारी दिदै ब्याजजोगाउनु नै व्यवसायीको लागि ठूलो उपलब्धि हुने बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »