सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खजुरा गाउँपालिकाद्धारा राहत सम्बन्धी मापदण्ड २०७६ पारित

नेपालगन्ज,खजुरा गाउँपालिकाले राहत सम्बन्धी मापदण्ड २०७६ पारित गरेको छ ।

खजुरा गाउँपालिका कार्यपालिकाको तेस्रो आकस्मिक बैठकले उक्त राहत सम्बन्धि मापदण्ड पारित गरेको हो ।

गृह मन्त्रालयको चैत्र १६ गतेको बैठकले निर्देशन गरे बमोजिम मापदण्ड तयार गरि पारित गरेको हो ।
राहत वितरणका लागी वडा कार्यलयले अभिलेख संकलन गर्ने, जनप्रतिनिधिको तयार गरिएको उक्त अभिलेखका आधारमा चुलो नबल्ने अवस्थामा रहेकाहरुका लागी राहत वितरण गरिने छ ।

बैठकलाई सम्बोधन गर्दै गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले कुनै आग्रह पुर्वाग्रह नराखी हातमुख जोड्न नसक्ने अवस्थामा रहेका श्रमिक तथा अति विपन्न असाहयहरुका लागी राहत वितरण गर्न आग्रह गर्नुभयो ।


गाउँपालिकाले एकद्धार प्रणाली अन्तरर्गत राहत वितरण गर्ने बताउदै प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसीले २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल वितरण गरिने बताउनुभयो ।

बैठकमा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यले राहत वितरणलाई व्यवस्थित गर्ने विषयमा सुझाव दिएका थिए ।
राहत वितरण सम्बन्धी मापदण्ड अन्तरगत कोविड १९ संक्रमण रोकथामका लागी प्राप्त हुने सहयोग स्विकार गर्ने समेत बैठकले निर्णय गरेको छ ।

गाउँपालिकालाई प्राप्त हुने राहत एकद्धार प्रणालि मार्फत स्विकार गर्ने गरि बैठकले पारित गरेको खजुरा गाउँपालिकाका सुचना अधिकृत दिल बहादुर पौडेलले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »