सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खजुरा गाउँपालिका अध्यक्ष कक्षपति कोरोना जितेर घर


मुस्ताक​ अह​म​द​ ज​स​ग​ढ​
खजुरा,खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले कोरोना जितेर घर फर्किएका छन् । जनताको काममा अहोरात्र खटिएकै बेला गत भदौ २८ गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

१४ दिनको आइसोलेसन बसाईपछि उनी आज घर फर्किएका हुन् । परिवारका सदस्यलाई पनि कोरोना देखिएकाले अध्यक्ष कक्षपतिसहित परिवारका अन्य ५ सदस्य पनि कोरोनामुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

कोरोना जितेका अध्यक्ष कक्षपतिले अब फेरी निरन्तर खजुराको समृद्धि र विकासमा लाग्ने बताए ।

उनलाई खजुरा गाउँपालिका प्रमुख प्रकाशकीय अधिकृत मणिराम खराल, वडा नं. ७ का अध्यक्ष अतिउल्ला खान, राजनीतिक सल्लाहकार भीम ओली, शिक्षा समिति सदस्य भक्त बहादुर केसी, लेखा अधिकृत प्रदीप सुनार, योजना अधिकृत दिल बहादुर पौडेल, स्वास्थ्य शाखाका प्रतिनिधिल गायतले स्वागत गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »