सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खजुरा गाउँपालिका ४ वडा अध्यक्ष तिलक वीर सुनारको पहलमा चिया पसल बन्यो बौद्धिक मिलन केन्द्र

नेपालगञ्ज, खुराफाती चौकले परिचित बाँकेको खजुरा गाउँपालिका ४ एकनम्बर स्थित ११ नम्बर चौकस्थित चिया पसलमा बुधबारदेखि बौद्धिक मिलन केन्द्र स्थापना भएको छ । वडा अध्यक्ष तिलकवीर सुनारको अग्रसरता र पहलमा बौद्धिक मिलन केन्द्र स्थापना भएको हो ।

यसले विकास निर्माण र योजना निर्माणमा समेत सुझाव दिन सक्ने सुनारले बताउनुभयो । चियापसमा आउने स्थानीय ब्यक्तिहरुले अबदेखि विगतलाई बिर्सेर रचनात्मक काममा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति र वडा अध्यक्ष तिलकवीर सुनारले विगतलाई बिर्सेर रचनात्मक काममा छलफल केन्द्रीत गर्न सुझाव दिनुभयो । स्थानीय जेष्ठ अगुवा वेदनिधी प्याकुरेलले अबदेखि चिया पसलमा हुने छलफल स्थानीय समाज सुधारका लागि केन्द्रीत हुने बताउनुभयो ।
खजुराका समाजसेवी ऋषिकेस जिसी, शेरबहादुर गुरुङ, अर्जुन थापा, भिम राना लगायतले नमूनाको रुपमा केन्द्रलाई विकसित गर्न सुझाव दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »