सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खड्गप्रशाद ओलिको लोकप्रियतामा स्खलनका कारणहरु

राम सिवाकोटी-

खड्गप्रशाद ओलिको लोकप्रियतामा स्खलनका कारणहरु स्विक्रम सम्बत् २०७२ असोज ६ मा भारतले नेपालमा अघोषित नाकावन्दी लगाएपछि त्यसको सामना केपी ओलीले डटेर गरेका थिए र प्रधानमन्त्रीको उक्त कदमको नागरिकहरुले खुलेर समर्थन पनि गरे । लगतै संघीय चुनावका निम्ति नेकपाले माओवादी केन्द्रसंग गठबन्धन गरी केपी ओलीलाई प्रधानमन्त्रीको उमेदवारको रुपमा खडा गर्यो।

गठबन्धनसहित सिङ्गो पार्टि पङ्ति चुनाव प्रचार प्रसारमा होमियो र उक्त निर्वाचनमा गठबन्धनले लगभग दुई तिहाइ मत प्राप्त गर्यो । २०७४ चैत ३ गते केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि नागरिकहरुले अब देशले काँचुली फेर्ने अडकलबाजी समेत गरे । तर विडम्बना नै भन्नु पर्छ, प्रधानमन्त्री भएको आधा कार्यकाल पूरा हुँदा समेत उनले जनतासामु चुनावताका गरेका वाचा लगभग कुनै पनि पुरा हुने लक्षण देखिएको छैन । जसले गर्दा उनको लोकप्रियताले अधोगति लिन थाल्यो । प्रधानमन्त्रीका रुपमा केपी ओली अलोकप्रिय बन्न जानुका कारणहरुलाई निम्नानुसार रेखाङ्कन गर्न सकिन्छ ।

पहिलो, देश विकासमा राज्यका संरचनाको सुशासन र विकास अपरिहार्य हुन्छ । तर ओली प्रधानमन्त्री भए पश्चात राज्यका संरचनाहरुमा क्रमश हस्तक्षेप बड्यो। न्यायालय, प्रहरी संगठन र अरु संबैधानिक निकायहरुमा आफ्नो निर्देशन पालना गर्ने व्यक्तिहरुको चयन गरियो । परिणामतः ती संस्थाहरुले प्रभावकारी रुपमा काम गर्न सकेनन् । यो कुरा नेपाली जनतासामू छर्लङ्ग छ । केपी ओलीको लोकप्रियता घटनु यो एउटा प्रमुख कारणको रुपमा लिन सकिन्छ ।

दोस्रो, काम गर्ने मानिसबाटै गल्ती हुन्छ भन्ने कुरामा दुईमत छैन । काम गर्ने क्रममा भएका कमी कमजोरीबाट पाठ सिकी भविष्यमा ती कमी कमजोरी नदोहोर्याउने अठोट नेतृत्वमा हुनुपर्नेमा विपक्षी वा पत्रकारले आलोचना गरेको भरमा आफ्ना नजिकका संसद , नेता, मन्त्री तथा कार्यकर्तालार्इ प्रतिकारमा उर्ताने शैली नागरिकले नरुचाएको देखिन्छ । अर्को लोकप्रियता स्खलनको कारण यो पनि हुन सक्छ ।

तेस्रो, कुनै एउटा व्यक्ति सर्वगुण सम्पन्न हुँदैन । देशको कार्यकारिणी प्रमुखको हैसियतले प्रधानमन्त्रीलाई राज्यले सबै क्षेत्रका विज्ञहरुको व्यवस्था गरिदिएको हुन्छ । आवश्यक परेको खण्डमा प्रधानमन्त्रीले ती विज्ञहरुबाट सुझाव लिन सक्दछन् । आफ्नो परामर्शका लागि खटिएका सल्लाहकारबाहेक अन्य विषयविज्ञबाट उचित सल्लाह लिनका निम्ति पनि राज्यले ठूलो धनरासी खर्च गर्छ । त्यसरी विज्ञहरुको सुझाव लिनुको सट्टा प्रधानमन्त्री आफै हरेक कुराको ज्ञाता जसरी निर्णय गर्दै र विरोध हुने बित्तिक्कै आफै पछि हट्दै जानुले पनि ओलीको लोप्रियतामा स्खलन आएको देखिन्छ ।

चौथो, बहुदलीय ब्यवस्था अन्तर्गत पार्टीले प्रधानमन्त्री चयन गर्ने भएकाले प्रधानमन्त्री सफल हुन पाटीका हरेक कमिटीलाई साथ लिएर अगाडी बढ्नुको विकल्प छैन । तर यहाँ त प्रधानमन्त्रीले पार्टी चयन गरे झै दूरगामी असर पर्ने विषयमा समेत पार्टी कमिटीमा कुनै छलफलै नगरी अघि बढेको देखिन्छ । कतिपय अवस्थामा त पार्टीमा कुनै सल्लाह नै नगरी एकलौटी मंत्रीपरिषदबाट निर्णय गराएपछि मात्र पार्टी कमिटीलाई थाहा हुन्छ । केपी ओलीको लोकप्रियतामा ह्रास आउनु यो पनि प्रमुख कारणका रुपमा लिन सकिन्छ ।

पाचौं, संघीय चुनावताका तथा प्रधानमन्त्री बनिसकेपछि खड्ग प्रसाद ओलीले नागरिकहरुलार्इ धेरै सपना बाँडेका थिए । देशको कायापलट गर्नेदेखि घरघरमा ग्यासको पाइप, देशभित्र रेलका सहज यात्रा, हिन्द महासागरमा आफ्नै ध्वजावाहक पानीजहाज आदि, इत्यादि । तर देशको प्रधानमन्त्री भएको लगभग तीन वर्ष पुग्नलाग्दा समेत यी सुविधाहरुको छनक नदेखिनुले जनता निरास देखिनु स्वाभाविक हो । त्यस कारणले पनि उनको लोकप्रियतामा क्षति पुगेको अनुमान गर्न कठिन छैन ।

भर्खरै

सम्बन्धित खबर

Language »