सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खानीखाेला गापाद्वारा घाइतेकाे उपचारमा १ लाख सहयाेग

काठमाडाैँ । खानीखाेला गाउँपालिकाकाे वडा नं. ४ मा माटाेकाे ढिस्काेले पुरेर घाइते भएका एरिना लामालाइ सहयाेग स्वरूप गाउँपालिकाले १ लाख सहयाेग गर्ने भएकाे छ ।

यसै गरि आइतबार नै अध्यक्ष कृष्ण प्रसाद खुलालकाे हातबाट रू २० हजार सयाेग हस्तान्तरण गरेकाे छ ।

काभ्रे नमाेबुद्ध वडा नं. १० निवासी तथा राष्ट्रिय निर्माण व्यवसायी संघकाे काेषाध्यक्ष र नेकपा निकट टिका बहादुर तामाङ (धावा लामा)ले उक्त सहयाेग रकम उपलब्ध गराएकाे थियाे ।

रकम हस्तान्तरण गर्नका लागि गाउँपालिका अध्यक्ष खुलाल, नेकपा काभ्रे जिल्ला नेता दैवलाल घिसिङ, गाउँपालिकाकाे प्रवक्ता मान बहादुर गाेले गएकाे थियाे ।

अहिले बिरामीकाे धुलिखेल हस्पिटलमा उपचार भैरहेकाे छ । बिरामीकाे ढाँड भाँचिएकाे छ ।

अार्थिक रूपमा बिरामीकाे पारिवारि अवस्था एकदम कमजाेर भएकाे हुनाले विभिन्न संघ-संस्थाहरूले थाेरै अार्थिक सहयाेग गर्दै अाइरहेकाे थियाे । यसै क्रममा गाउँपालिकाले पनि एक लाग सहयाेग गर्ने निर्णय गरेकाे हाे ।

गाउँपालिकाकाे पहलमा नेपाल सरकारबाट रू १ लाख सहुलियत पाउने व्यवस्था मिलाएकाे नेकपा काभ्रे जिल्लाका नेता दैवलाल घिसिङले जानकारी दिनुभयाे ।

यसैगरी बिरामीको उपचारको लागि स्थानीय खुसी समाज युवा क्लबले १ लाख २० हजार बिमारीको आफन्तलाई क्लबको अध्यक्ष इकमान लामा्द्वारा हस्तान्तरण गरि सकेकाे छ ।

उक्त बिरामीलाई पूर्व सूचना तथा संचारमन्त्री गाेकुल बास्काेटा र सांसद गंगा बहादुर दाेङकाे पहलमा उपचारका लागि हेलिकप्टरमा उद्धार गरिएकाे थियाे तर उपचारकाे क्रममा अरिना लामाकाे मृत्यु भएकाे थियाे भने अहिले एरिना लामाकाे उपचार भैरहेकाे छ र अन्य दुईकाे सामान्य उपचार पछि घर फर्केकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »