सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खानेपानीको मिटर आफैले रिडिङ गर्न सकिने

काठमाडौ । काठमाडौ उपत्यका खानेपानी लिमिटेडका उपभोक्ताले आफैले खानेपानीको मिटर रिडिङ गर्न सकिने भएको छ । कोरोना भाइरस (कोभिड – १९) को संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न कम्पनीका ग्राहकहरुका आफैले मिटर रिडिङ गर्न सकिने व्यवस्था मिलाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसका लागि आफैले खानेपानी धारााको मिटरमा चढेको अंक अनलाइन मार्फत कम्पनीमा टिपाउनु पर्नेछ । ग्राहकले उपलब्ध गराएको मिटरको अंक मिटर रिडरबाट क्रस चेक समेत गरिनेछ ।

आफैले मिटर रिडिङ गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

http://kathmanduwater.org/ खोली Self Meter Reading मा क्लिक गरी मिटरमा चढेको अंक वा अंक देखिने गरी खिचिएको फोटो अपलोड गर्न सकिने कार्यकारी निर्देशक शाक्यले बताउनुभयो । विस्तृत जानकारीका लागि सम्बन्धित शाखामा सम्पर्क राख्न पनि उहाँले आग्रह गर्नुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »