सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खानेपानी निमित्त प्रमुख सहित ४ जना घुस लिँदै गर्दा रङ्गेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी सिंचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित चारजनालाई घूससहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख टोपेन्द्र सुन्दर मल्ल,सव इन्जिनियर वीरेन्द्र चन्द,रञ्‍जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डे छन् ।

उनीहरुले भगवतीमाई गाउँपालिका–३ मा सञ्चालित सानटडा खोला तटबन्ध निर्माण कार्य सम्पन्‍न भएपश्चात भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँस घूस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ ।

मल्ललाई आवासबाटै दुई लाख ४१ हजार १६ रुपैयाँ नगदसहित अख्तियारले नियन्त्रणमा लिएको थियो । अनुसन्धानकै सिलसिलामा सव इन्जजिनियर रन्जित श्रेष्ठ र सुरपभाइजर लक्ष्मी पाण्डेसहित ४ जनालाई असार १६ गते नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »