सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्धन अभिमुखीकरण


प्रहलाद विश्वकर्मा
नेपालगंज , नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजनामा खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्धन अभिमुखीकरण नेपालगंज उपमहानगरपालिकामा बुधवार सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी र युनिसेफ नेपालको साझेदारीमा बाँके जिल्लामा संचालित कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्र्तगत उक्त अभिमुखीकरण आयोजना गरिएको हो ।


कार्यक्रममा कोभिड–१९ को संक्रमण, सामाजिक दुरी, जोखिम संचार र खानेपानी, सरसफाई तथा स्वच्छता प्रवद्र्धनको बारेमा जानकारी गराइएको थियो ।


साथै सोही अवसरमा कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि समन्वय बैठक नेपालगंज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा बसेको थियो । बैठकमा पालिका स्तरको योजना निर्माणका लागि वडा स्तरको भूमिका, जिम्मेवारी लगायत विषयमा छलफल भएको थियो ।


कार्यक्रम संचालित उपमहानगरपालिकाको वडा नं. ४, ५, ८, १४ ,१५, १६, २० र २३ का वडा अध्यक्ष, नेरेसो सदरलाइन, गनापुर, पिप्रहवा र बाँकेबगिया उपशाखाका सभापति, सचिव, नेपालगंज उपमहानगरपालिकाको महिला बालबालिका शाखा, शिक्षा, स्वास्थ्य र वातावरण तथा सरसफाई शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेरेसो मानवीय मुल्य प्रवद्र्धन तथा संचार विभागका निर्देशक दिव्यराज पौडलले कोभिड–१९ को अद्यावधिक जानकारी गराउनु भएको थियो भने सहजकर्ताहरुमा उपमहानगरपालिकाका वातावरण इन्जिनीयर प्रकाश डि.सी, नेरेसो बाँके शाखाका बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, नेरेसो लुम्बनी प्रदेशका कार्यक्रम अधिकृत विश्राम अधिकारी र नेरेसो बाँकेका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा रहनु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »