सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खार्पाचाेकमा ल्होछारको अवसरमा बुद्धपार्क शिलान्यास

काभ्रे । राेशी गाउँपालिका वडा नं। ८ खार्पाचाेकमा २८५६ औं जिवा (मुसा) ल्होछारको अवसरमा आयोजित वृहत् सांस्कृतिक तथा बुद्धपार्क शिलान्यास कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाली काँग्रेसका कन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सदस्य बहादुर सिं लामाकाे प्रमुख अातित्थ्यतामा सम्पन्न कार्यक्रममा पूर्व साँसद तीर्थ लामा, राेशी गाउँपालिकाका प्रमुख डिभि माेक्तान, नेपाल तामाङ युवा घेदुङ केन्द्रिय अध्यक्ष बिलाम मुक्तान उप अध्यक्ष संगम लामा तथा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ संस्थाको विशेष व्यक्तिहरू अतिथि रहेका थिए ।

प्रतिनिधिसभाका सदस्य तथा प्रमुख अतिथि बहादुर सिं तामाङले तामाङ समुदायकाे अधिकार माथि राज्यले कुण्ठित गर्न खाेजेकाे अाराेप लगाएका छन् । यसैगरी पूर्व साँसद तिर्थ लामाले राज्य यत्तिबेला प्रतिगमन तिर लागेकाे बताएका छन् ।

युवा घेदुङको अध्यक्ष बिलाम मुक्तनले ल्होछारको विषयमा टुँडिखेलमा आन्दोलनकाे रूपमा मनाउदै आएको बताउनु भएकाे छ ।

अध्यक्ष बिलाम माेक्तान भन्नुहुन्छ हिजो जागरण अभियान थालनी गरेको ठाउँ त्यही टुँडिखेल थियो । अाज ल्हाेछार टुँडिखेलमा मात्र कहाँ सीमित छ र ? विभिन्न गाउँपालिका, नगरपालिका, वडा, विभिन्न देश विदेशमा ल्हाेछारकाे राैंनक छाएकाे छ । अाज लाखौं तामाङ युवाहरुले ल्हाेछारलाई अाफ्नाे अस्तित्व र पहिचानसँग जाेड्न सिकिरहेका छन् । आज अएर तपाईं हामी लगाएत विभिन्न संघ संस्थाले गरेका हरेक कामलाई बिर्सन नसक्ने श्रणकाे रूपमा परिणत भएको छ ।

खार्पा च्याे युवा क्लवकाे अायाेजनामा भएकाे उक्त कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकीहरूकाे प्रदर्शन तथा कलाकारहरूकाे प्रस्तुतिहरू रहेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »