सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खाेकनावासीकाे फास्ट् ट्याकमा राेपाइँ, प्रहरी बने मुकदर्शक

काठमाडौँ । ललिपुर नगरपालिका वडा नं. २१ को सिकाली फाँटमा अषार १५ गते मानो रोपेर मुरी फलाउन रोपाई गर्दा किसान र प्रहरी बिच बिबाद भएको थियो ।

नेपाल प्रहरीले नेपाल सरकारको फास्ट् ट्रयाकको लागि छुट्टाएको जग्गामा रोपाई गर्न नदिने अडान लिइरहेको थियो भने कृषकहरुले अन्याय भएको छ उचित छेटिपुर्टि नपाए सम्म कुनै पनि योजनाहरु हुन नदिने भन्दै रोपाई गरेर धान रोप्न खोजेका थिए । किसान र प्रहरी बीच गम्सागम्सी नै चलेको थियो । वडाध्यक्ष रविन्द्र महर्जन पीडित परिवारको तर्फबाट प्रहरीसँग विवादमा उर्तिएका थिए ।

“नेपाल सरकारलाई हामीले आयोजनाको सवालमा अबरुद्घ गर्न खोजेको होइन तर यहाँको जनताको माग र समस्याको समाधानका लागि सम्बोदन हुन पर्यो । अनि मात्र यहाँका कुनै पनि योजनाहरु अगाडी बढाउन हामी सहमती गर्ने छौ तर भूमाफियाँहरुको चलखेल बन्द हुनु पर्छ भन्ने हामी खोकनावासीको माग हो ।” वडाध्यक्ष रविन्द्र महर्जनले बताउनु भयो ।
सिकाली चौउरमा नेपाल प्रहरीले रोपाई रोक्न जति प्रयास गरेता पनि रोक्न सकेनन् ।

अन्तमा विवाद मिलाउनका लागी नेपाल प्रहरीले ललितपुर महानगर पालिकाको जिल्ला प्रशासन कार्यालयका प्रमुख अधिकारीलाई नै गुहार्नु पर्यो ।


जिल्ला प्रशासन कार्यलय ललितपुरका प्रमुख अधिकारी नारायण भट्टले साँझ चार बजे वडाध्यक्ष रविन्द्र महर्जनको नेतृत्वमा छलफलका लागि बोलाएको थियो ।


सारा खबरको पत्रकार मिलन लामाले जिल्ला प्रशासन कार्यलयका प्रमुख अधिकारी नारायण प्रसाद भट्टसँग टेलिफोन संवादमा उक्त समस्याको निष्कर्षको बारेमा बुझ्दा उहाँले यसो भन्नु भयो । “जति धान रोपेको छ त्यसलाई त्यसैमा सिमीत राखेर छलफल र समन्वयन गरी समस्याको समाधान खोजेर विवाद मिलाउने सहमती भएको छ ।”


यसैगरी वडाध्यक्ष रविन्द्र महर्जनले छलफलको निष्कर्षकोबारेमा यसो भन्नु भयो । “अल्पकालीनरुपमा देखिएको समस्याको समाधान गर्दै, दिर्घकालीन रुपमा देखिने समस्याहरुको समाधान गरिने र कुशल व्यवस्थापन गर्ने सहमती भएको छ । ”

भिडियाे हेर्नु हाेल ।

भर्खरै

सम्बन्धित खबर

Language »