सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खुल्ला मन्चबाट विप्लबको गर्जन : MCC पास भए देशमा आगो बल्छ

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै नेकपा विप्लव समूहले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

काठमाडौको टेकु, त्रिपुरेश्वर, लैनचौर बबरमहललगायतका स्थानबाट नारा लगाउँदै विरोध जुलुस निकालेको हो ।

जुलुसमा सो पार्टीसहित अन्य विभिन्न पार्टीका नेताहरूले नेतृत्व गरेका थिए । प्रदर्शनकारीले राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौंजस्ता नारा लगाएका थिए । 

बिरोध सभालाई सम्बोधन गर्दै विप्लबले देशलाई बचाउन एमसीसीका बिरुद्द झिल्को बन्न आह्वान गरे । देशको स्वाभिमान बचाउन मेची देखि महाकालीसम्म, तराई देखि हिमालसम्मका मानिसहरु जुट्न आह्वान गरे ।

पानीको झरीमा जोस्सिदै गर्जिरहेका विप्लबले देशका दलालहरुलाई लखेट्ने उद्घोष समेत गरे । उनले भने ‘देशका दलालहरुलाई नलखेटेसम्म नेपालीहरुले सुख पाउने छैनन, त्यसैले यी दलालहरुलाई अब लखेटौ’।

मानब जातीको सबै भन्दा सभ्यता साम्यवाद नआउदा सम्म लडी रहने उनले बताएका छन् ।  यसको बिकल्प बैज्ञानिक समाजबाद रहेको दाबि गरे ।

 महासचिव नेत्र विक्रम चन्द (विप्लव) को उपस्थितिमा एमसीसीको  विरोध प्रदर्शनमा  नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी रहेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »