सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खोकनावासी र प्रहरीबीच झडप, ७ राउन्ड अश्रु ग्यास प्रहार

काठमाडौँ । खोकनावासी र प्रहरीबीच शनिबार दिउँसो झडप भएको छ । सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप भएको हो । झडपमा परी ४ जना प्रहरी घाइते भएका छन् । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ७ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको छ ।

झडपपछि अहिले सुडोल फाँटमा स्थानीयले पुनः धान रोपेका छन् भने त्यस क्षेत्रमा प्रहरीको बाक्‍लो उपस्थिति छ । सुडोल फाँट काठमाडौं–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को ‘जिरो किलोमिटर’हो । सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । तर, स्थानीयले भने मुआब्जा लिइसकेका छैनन् ।

उनीहरुले सरोकारवालासँग छलफल नै नगरी एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नभएको, फास्ट ट्रयाकसँगै वाग्मती करिडोर, १ सय ३३ केभी प्रसारण लाइन, बाहिरी चक्रपथको विन्दु पनि खोकना फाँटमै पर्ने भएकाले मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै विरोध जनाउँदै आएका छन् ।यसअघि असार १५ गते पनि प्रहरी र स्थानीयवासी विवाद भएको थियो ।

शनिबार भएको प्रहरीसँगको झडपमा सामाजिक अभियान्त विद्या श्रेष्ठ घाइते र अन्य केहि आन्दोलनकारी सामान्य घाइतेको भएको भएको सारा खबरको संवाददाता विकास बाबु श्रेष्ठले जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »