सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खोकना र बुङ्मती को मुद्धा अन्तराष्ट्रीय करण हुँदै हो ? : किन पुगे युनेस्को र आइएलओका प्रतिनिधि

काठमाडौं

सरकारको काठमाडौं तराई मधेश द्रुतमार्ग, बाहिरी चक्रपथ, बागमती करिडोर लगायतका परियोजनाहरूले आफूहरूलाई उठीबास लगाएको भनेर खोकना र बुङमतीबासी आन्दोलित भईरहेका बेला बुधबार युनेस्को र आईएलओका प्रतिनिधि त्यस क्षेत्रमा अवलोकन गर्न जानु लाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

रक्षा मन्त्रालयमा भएको एक कार्यक्रममा प्रधानसेनापति   पूर्णचन्द्र थापाले खोकना विवादले फास्ट ट्रयाक निर्माणमा समस्या देखिएकोले विवादका अदृश्य कारणहरुको खोजी हुनुपर्ने भनेको केहिदिन मा नै त्यसरि अन्तराष्ट्रीय संस्थाका प्रतीनिधी हरु त्यहाँ पुग्नु भनेको मुद्धाको अन्तराष्ट्रीय करण हुन सक्ने जानकार हरु बताउँछन ।

No description available.

फाष्टट्रयाकको विषयमा जारी स्थानीयको विरोधमा पटक–पटक प्रहरीसँग झडप समेत भईसकेको छ। पुरानो बस्ती त्यस्मा पनि पुरातात्विक र ऐतिहासिक सम्पदा बोकेको बस्ती भएकोले खोकना र बुङ्मतीमा ती योजनाहरु ल्याउन नहुने स्थानीयहरुको भनाई रहेको छ ।
शिकाली मन्दीर र यसको चौर, रुद्रायणी मन्दीर, मछिन्द्र नाथ, उपत्यकाकै पहिलो बस्ती बसेको प्राचिन बस्ती भेटिएको कुदेश जस्ता थुप्रै पुरातात्विक सम्पदा मासिने डरले स्थानीयले विरोध गरिरहेका छन् ।
आन्दोलन लाई मत्थर पार्न बिभिन्न प्रपन्चहरु रचिएको हुन सक्ने भन्दै खोकना बासी को हित बिपरित संझौता गरे कसैलाई पनि नछोड्ने स्थानिय युवाहरु बताउँछन ।

भर्खरै

सम्बन्धित खबर

Language »