सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गजल

नवीन ‘पल्लव’

चम्चागिरि गरेर चडेको, कार पनि देख्या छु
ढुंगा फोरेर जोडेको ,घरबार पनि देख्या छु।


थरि थरि हुँदा रैछन् , दुनियामा मान्छेहरू
राम जप्नेले बोकेको, हतियार पनि देख्या छु।

मै असल हुँ,अरु खराब भन्ने पाखण्डीले
आफ्नै मान्छे बेच्ने, बजार पनि देख्या छु।


स्वाभिमान बेच्छ ,अभिमान गर्छ मान्छे
आफ्नो जोर नचलेर, लाचार पनि देख्या छु।


ब्यर्थै किन जीन्दगीमा, तँ तँ म म गर्नु बरै
ह्वाङ्गै रैछ जीन्दगी, वारपार पनि देख्या छु।

छविमा समावेश हुनसक्ने: Nabin Pallav, उभिएको तथा  बाहिरी
गजलकार साहित्य क्षेत्र मा रुची राख्ने एक कुशल संचारकर्मी पनि हुन्

भर्खरै

सम्बन्धित खबर

Language »