सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गजल

माओवादी जनयुद्ध को कुशल कमाण्डर को रुप मा परिचित डम्बर थामी एक अब्बल साहित्यकार पनि हुन ।
आफु संगै का कमाण्डर हरु उपल्लो तह मा लाभ को पदभार लिइ शुख सयल भोग गरी रहँदा उनि भने पराइ भुमी मा सस्तो मुल्य मा पसिनाको ब्यापार गरिरहेका छन ।घाइते शरिर लिएर देश को मायाँ गर्दै समसामयिक बिषय मा कलम चलाउने यिनका रचना हरु मर्म स्पर्सी हुन्छन ।
  झम्के साँझले छोप्नै लागेको, गोधुली छ यहाँ
  कालो रात ले संसार ढाक्नु ,मामुली छ यहाँ

  कुरा गरी साध्य छैन ,विडम्बना कस्तो हुन्छ 
  प्रीयसि को घाँटी थिच्ने ,घरमुली छन यहाँ 

  अपराध दिनदिनै झान बढीरहेको बेला
  दोषी का नाइके लाई सुनै को फूली छ यहाँ

 "दुध को दुध पानी को पानी ", छुट्याउनु पर्ने 
  नुन मात्र छ कि ? कानुन्, खुल्दुली छ यहाँ

  भाषण मा सुशासन को चर्को  नारा, लागे पनि 
  "चोर लाई चौतारी साधु ,लाई सुली "छ यहाँ 

भर्खरै

सम्बन्धित खबर

Language »