सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गणपति डेन्टल क्लिनिकले दियो सुरक्षाकर्मीलाई स्वास्थ्य तथा जलपान सामाग्री वितरण


नेपालगन्ज,गणपति डेन्टल क्लिनिक नेपालगन्जले कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरेको छ ।

अन्लाईन खोजखवर मिडिया पार्टनर रहेको उक्त कार्यक्रममा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरिएको हो ।


जमुनाह नाका देखि धम्वोजीसम्म सडकमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई एन ९५ मास्क, सेनिटाइजर, सर्जिकल ग्लव्स, ग्लूकोन-डी, विष्कुट र पानी वितरण गरिएको क्लिनिक संचालक समेत रहेका डा. प्रतिक श्रेष्ठले जानकारी दिनुभयो ।


कोरोन भाइरस महामारीकाबीच फ्रन्टलाइनमा खटिएर जनताको सेवामा अहोरात्र खटिएका सुरक्षाकर्मीलाई थोरै भएपनि राहात पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरिएको उहाँको भनाइ छ ।
करिव ५० जनालाई सामाग्री वितरण गरिएको जानकारी दिदै उहाँले त्यसमा केही पत्रकारहरुलाई समेत समेटिएको बताउनुभयो ।

उहाँले आगामी दिनमा पनि यसखालको अभियानलाई जारी राख्ने प्रतिबद्धता समेत गर्नुभएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »