सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गत साता विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको सङ्ख्या न्यून

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीको मृत्यु हुने क्रम केही मत्थर भएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को स्वास्थ्य समितिका अनुसार अघिल्लो साता सङ्क्रमणका कारण विदेशमा कार्यरत ज्यान गुमाउने नेपालीको सङ्ख्या शून्य छ ।

गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरबलगायतका देशमा कोरोना सङ्क्रमणमा सामान्य वृद्धि भए पनि अन्य देशमा भने कोरोना सङ्क्रमणको दर न्यून हुँदै गएको छ ।

विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अहिलेसम्मनेपालसहित विश्वभर २९३ जना नेपालीको कोरोना भाइरसको कारण ज्यान गइसकेको छ ।

कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायतका देशमा रहेका नेपालीको ज्यान गएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »