सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गलत जानकारी दिएको भन्दै २५ सय युट्युब च्यानल गुगलले हटायो

काठमाडौं । गुगलले चीनसँग सम्बन्ध रहेका विभिन्न २५ सय वटा युट्युब अकाउन्ट हटाइदिएको छ ।

युट्युबको प्लाटफर्ममार्फत् गलत जानकारीको प्रसारलाई रोक्ने संघर्षमा रहेको गुगलले सोही कदमका रुपमा गत अप्रिलदेखि जुन महिनासम्मको अवधिमा यतिधेरै संख्यामा युट्युब अकाउन्टहरु हटाइदिएको हो ।

डिलिट गरिएका अकाउन्ट मध्ये अधिकांशमा गलत तथ्ययुक्त तथा गैरराजनीतिक सामग्रीहरु रहेको र कतिपयमा चाहिँ राजनीतिक सामग्रीहरुसमेत रहेको गार्जियनले जनाएको छ ।

गुगलका अनुसार चीन तथा रुसलगायतका देशसँग जोडिएका र विभिन्न खाले प्रभाव जमाउनका लागि गलत सामग्रीहरुको सहारा लिएर समन्वयात्मक ढंगले सञ्चालित युट्युब च्यानलहरु हटाइएको हो ।

पछिल्लो समयमा चीन र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको र चिनियाँ एप टिकटकको भविष्य अमेरिकामा अनिश्चित देखिँदै गएको अवस्थामा गुगलले यस कदमलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । एजेन्सीको सहयोगमा ।

भर्खरै

सम्बन्धित खबर

Language »