सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गाउँपालिका अध्यक्षकाे छाेरा हिरा डाँगीकाे खुकुरी प्रहार गरी हत्या

दाङ । सल्यानकाे त्रिवेणी गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीकाे छाेरा हिरा डाँगीकाे खुकुरी प्रहार गरी हत्या गरेकाे तुलसी इलाका प्रहरीले जानकारी दिएकाे छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका ५ निवासी २३ वर्षीय हिरा डाँगीमाथि तुलसीपुर ६ रजौरामा सोमबार बिहान १ बजेतिर खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।

तुलसीपुरका अमृत खडकालगायत ४-५ जना युवाको समूहले डाँगीमाथि सामान्य विवादमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हरिहरनाथ योगीले जानकारी दिए ।

घाइते डाँगीको तुलसीपुरमा प्रारम्भिक उपचारपछि राती नै थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा लगिएको थियो ।

नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत उनलाई उपचारका लागि काठमाडौ पुर्‍याइएको थियो । काठमाडौंमा उपचारका क्रममै मुत्यु भएको डीएसपी योगीले बताए।

फुटबल खेलाडी तथा नेविसंघका नेता समेत रहेका डाँगी किन राती त्यहाँ पुगेका थिए र किन उनीमाथि खुकुरी प्रहार भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । खुकुरी प्रहार गर्ने युवाको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »