सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गाउँ गाउँबाट उठेको २८५७ औँ लाङ ल्होछार

काठमाडौँ । २८५७ औँ लाङ ल्हो साेनाम ल्हाेछार तामाङ समुदायको मन मष्तिस्कबाट मात्र नभएर गाउँ गाउँबाट उठेर मनाएको छ । विगतको वर्षहरूमा टुँडिखेलमा सीमित सोनाम ल्होछार यो साल बास्ती बस्तीमा आम तामाङ समुदायले मनाएको छ र मनाउने क्रम जारी नै छन् ।

माघ ३० गते काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ४ बखुण्डोलमा आयोजित बृहत ल्होछार कार्यक्रममा आयोजकले नसोचेको जनमास जम्मा भएको थियो । आयोजक कमिटीका अध्यक्ष सत्यमान लामा अनुभव सुनाउँछन् “मैले त पाँचसय देखि हजार जनासम्ममात्र कल्पना गरेको थियो यसरी तामाङ समुदायले ल्होछार मनाउँलान् भनेर सोचेको थिएन । यो हाम्रो लागि अनौठो पनि हो र अनुभव लिन पाउने अवसर पनि हो ।”

नुवाकोटमा माघ २९ गते ककनी थाङसिङ बृहत ल्होछार विशेष साँस्कृतिक कार्यक्रम २०७७ आयोजना गरेको थियो । रसुवा गढी सेवा समाजको अध्यक्ष लाक्प तामाङको प्रमुख अतित्थ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा स्वागत मनतव्य र कार्यक्रम संचालनको जिम्ममा गैर तामाङलाई जिम्मा दिएको भएता पनि सबैले तामाङ टोपी लगाएर तामाङ समुदायको प्रतिनितित्व गरेका थिए । राष्ट्रिय संगीत कर्मी संघ नुवाकोटको अध्यक्ष दिनेश तामाङको विशेष सक्रियतामा आयोजित कार्यक्रममा ककनीको बस्ती बस्तीबाट तामाङ समुदायको उपस्थिति रहेका थिए ।

कोरोनाको कारणले गर्दामा देश बिदेशमा रहेका तामाङ समुदायमा ल्होछारको निरासा नछाओस् भनेर अन्तर्राष्ट्रिय तामाङ परिषदको वरिष्ट उपाध्यक्ष टासि लामाको नेतृत्वमा काठमाडौँमा माघ २९ गते नै भरच्युवल कार्यक्रमको आयोजना गरेको थियो । देश विदेशमा रहेका तामाङ समुदायमो पहुँचसम्म पु¥याउनका लागि तामाङ समुदायको प्रतिनित्व गरेका धेरै अनलाइनहरुबाट प्रत्यक्ष प्रसारण गरेका थिए । अन्तिम समयसम्म सारा खबर र एच टि भी नमोबुद्ध न्युजले प्रत्यक्ष प्रसारण गरेको थियो त्यो प्रत्यक्ष प्रसारण मात्र देश विदेशमा रहेका करिब १ लाख तामाङ समुदायले करिब ३ घन्टाको अन्तरालमा हेरेका थिए ।

काभ्रेको तेमालमा भएको ल्होछार कार्यक्रम त्यत्ति प्रभावकारी हुन नसकेता पनि नमोबुद्ध नगरपालिका वडा नं. ७ र वडा नं. ५ ले फागुन ०८ र ०९ गते आयोजना गरेको ल्होछार कार्यक्रम भने प्रभावकारी नै भएको थियो । कानपुरमा भएको बृहत ल्होछार कार्यक्रम हेर्नका लागि तेमाल र रोशी गाउँपालिकाबाट धेरै ल्होछार प्रेमीहरु आईपुगेका थिए ।

विशेष गरेर नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, रामेछाप, मकवनपुर, सिन्धुली, लगाएत तामाङ समुदाय बहुल्यता रहेका गरेक गाउँ गाउँमा सोनाम ल्होछार भब्यताका साथ मनाएको विभिन्न सामाजिक अनलाइनहरुबाट जानकारी प्राप्त भएको थियो ।

नेपाल सरकारले पनि विगतको दिनमा कटौति गरेको बिदालाई २८५७ औँ लाङ ल्होछार देखि लागु हुने गरि एक दिनका लागि सार्वजनिक बिदा दिएको थियो तर धेरै सार्वजनिक बिदा भयो भनेर बिदा कटौति गर्ने प्रधानमन्त्री पनि केपी ओली शर्मा नै थियो ।

नेपाल तामाङ कलाकार संघको आयोजनामा फागुन ९ गते भरच्युल कार्यक्रम गरेर विदेशमा रहेका तामाङ समुदायहरुलाई निरास नुहन सन्देश दिएका थिए ।

यसरी तामाङ समुदायले मनाएको ल्होछारको मुल्याङ्कन गरी निष्कर्ष निकाल्ने हो भने २८५७ औँ लाङ ल्हो सोनाम ल्होछार गाउँ गाउँबाट र बस्ती बस्तीबाट उठेर मनाएको छ भन्दा फरक पर्दैन । अब तामाङ समुदायले आफ्नो पहिचान र चिनारीको संरक्षण गर्न सिकीसकेका छन् भन्ने सन्देश दिएको छ । यो देन तामाङ समुदायले नेपाल तामाङ घेदुङ र अन्तर्राष्ट्रिय तामाङ परिषदलाई धन्यवाद दिन बिर्सनु हुँदैन ।

सोनाम ल्होछार कार्यक्रम मनाउने क्रम जारी नै छन् । फागुन १५ गते बेथान गाउँपालिकामा रहेका तामाङ समुदायले सोनाम ल्होछार मनाउने तयारी गरिरहेका छन् ।तेमाल गाउँपालिका वडा नं. ६ ठुलाे पर्सेलले वडा भवनकाे उद्धघाटनसँगै साेनाम ल्हाछार मनाउने तयारी गरिरहेका छन् ।

तामाङ समुदायले करिब एक महिना निरन्तररुपमा मनाउने सोनाम ल्होछार पर्वको रुपमा स्थापित हुँदैछन् भने तामाङ समुदायको हराएको इतिहास पुनः ब्युत्एिको छ । यो तामाङ समुदायको लागि गर्वको सन्देश हो । सस्कृति र इतिहास हराएर तामाङ समुदायको अस्तित्व हरायो भन्ने इतिहासलाई मेटाइदिएको छ ।

कोभिड १९ ले तामाङ समुदायका लागि एक अवसर दिएको थियो । त्यो दायित्वलाई तामाङ समुदायले पुरा गरेको छ । कोभिड १९ लाई जितेर २८५७ औँ लाङ ल्हो सोनाम ल्होछार मनाउन सफल भएको छ । आम तामाङ समुदायमात्र नभएर आम नेपालीहरुले नै कोभिडलाई जितेर सोनाम ल्होछार मनाएको छ । सबैलाई सोनाम ल्होछार लाङ ल्हो को शुभकामना ।

भर्खरै

सम्बन्धित खबर

Language »