सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गाउँ, नगर, उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने : नेपाली कांग्रेस

काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय कमिटीको उठेको सुझावलाई समेट्ने गरी १४ औं महाधिवेशनको निर्वाचन निर्देशिका पारित गरेको छ ।​ शनिबार बसेको केन्द्रीय समिति बैठकले सबै तहको अधिवेशन र प्रतिनिधित्वको अनुसूची सम्बन्धी व्यवस्था समेतको निर्वाचन निर्देशिकामा बैठकबाट प्राप्त सुझावलाई समेटेर सहमतिमा टुङ्गो लगाउन लगाई भदौ १ को समय दिइएको हो ।

बैठकले निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई भदौ १ गते सहमतिमा टुङ्गो लगाइ भदौ २ गतेभित्र सभापतिलाई बुझाउन भनेको छ ।

उक्त निर्देशिकामा पार्टीको १४ औं महाधिवेशनका लागि गाउँ÷नगर÷उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने व्यवस्था गरिएको छ ।

यस्तै सभापति बाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार क्रियाशील सदस्य पनि हुन सक्ने र गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वका सन्दर्भमा विधान र नियमावलीमा गरिएको पालिकाका क्रियाशील सदस्यहरुले निर्वाचित गर्ने भनी उल्लेखित गरिएका पदहरुको निर्वाचन वडा सभापति र क्षेत्रीय प्रतिनिधिले गर्ने व्यवस्था गरिएको छ ।

यस्तै काँग्रेसले विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेखित व्यवस्था संशोधन गरेको छ । गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण काँग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशन र नगर/उपमहानगर/ महानगरपालिका क्षेत्र भित्रका काँग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य हुने भनिएको थियो ।

त्यसलाई संशोधन गरी गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि भनी संशोधन गर्ने निर्णय भएको छ । विधानमा गरिएका उक्त संशोधन पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गरिनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »