सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक अजय सिङतानकाे ‘मेराे डम्फु’ अडियाे सार्वजनिक

काठमाडौँ । मेरो डम्फुले भन्छ ल्होछार आयो, मेरो टुङनाले भन्छ ल्होछार आयो, गायक अजय सिङ्तानको आवाजमा सेलो सम्राट चन्द्र कुमार दोङको संगीतमा ल्होछार सम्बन्धी नयाँ गीतको अडियो सार्वजनिक भएको छ ।

डम्फु मिडियाको संचालक अमिर दोङले मंसिर १६ गते बौद्घमा भएको पत्रकार भेटघाटको क्रममा ल्होछारसंग सम्बन्धीत नयाँ गीतको अडियो सार्वजनिक गर्न लागेको बताउनु भयो । वरिष्ठ संगीतकार तथा सेलो सम्राट चन्द्र कुमार दोङले ल्होछारको विषयमा अब कसैले विवाद नगरी ल्होछार मनाउने सन्देश दिनका लागि यो गीत संर्वाजनिक गरेको दाबी गर्नु भएको छ ।

ल्होछार सम्बन्धी निर्माण भएका गीतहरुमा सोनाम ल्होछार वा ग्याल्बो ल्होछार भनेर नाम जोडिएका हुन्छन् तर यो गीतमा ल्होछारसँग नाम जोडिएको छैन । डम्फु र टुङनाको नाम जोडिएका छन् । वरिष्ठ संगीतकार चन्द्र कुमार दोङको भनाई अनुसार, “हामीले नामको विषयमा धेरै विवाद ग¥यौं । कसैले सोनाम भन्यो, कसैले ग्याल्बो भन्यो । आखिर हामी सबैले बुद्घ धर्म नै मनाउँछौ । यदि हामी बुद्घ धर्मलम्बी नै हो भने कसरी नयाँ वर्ष एकै सालमा दुई–दुुई वटा हुन्छन् ? त्यसैले नाममा विवाद गर्नु बन्दा हामी ल्होछार लाई स्थापी गर्नु पर्छ । हाम्रो ल्होछारलाई हामीले घर–घरमा पु¥याउनु पर्छ ।

मेराे डम्फु गीतकाे शब्द रचना कुमार स्याङबाकाे रहेकाे छ ।

अजय सिङ्तानको यो तामाङ समुदायको लागि दोस्रो उपहार हो । यो गीत सुनिरहदा साँच्चिकै ल्होछार आइसकेको हो कि भन्ने बान जो कसैलाई हुन सक्छ । खेलकुदमा लगाभ भएको गायक सिङतानले आफु भित्र भएको प्रतिभालाई लुकाएर राख्न नसकेर समुदायको लागि उपहार स्वरुप यो गीतको अडियो सार्वजनिक गरेको पत्रकार भेटघाटमा बताउनु भयो । काभ्रेको पाँचखालमा जन्मनु भएको गायक अजय सिङतानलाई सफलताको शुभकामना छ ।

महानायक अमिर दोङले वरिष्ठ संगीतकार चन्द्र कुमार दोङले मन खुलेर डम्फु मिडियाबाट अडियो सार्वजनिक गरेकोमा हार्दिक आभार प्रकट गरेको थियो । अहिले व्यक्ति–व्यक्तिसँग युटुब च्यानल रहेका छन् । यो परिस्थितिमा डम्फु मिडियालाई सम्झेकोमा धन्यवाद दिएको थियो । मंसिर १७ गते पुनः डम्फु मिडियाबाट नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक हुँदै छन् । यो म्युजिक भिडियोमा तामाङ समुदायको पहिलो अवार्ड जित्न सफल सन्दीप स्याङतान, नायक टुल्साङ मोक्तान, महानायक अमिर दोङ र नायिका शुष्मा मोक्तान, मोडल सबु गोलेको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक हन लागेको सारा खबरलाई महानायक अमिर दोङले जानकारी दिनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »