सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक अभिशेक तामाङको “ल्होछार ला ज्याबाडान्वा”

काठमाडौँ । २८५८ औं सोनाम ल्होछारको अवसरमा गायक अभिशेक तामाङको “ल्होछार ला ज्याबाडान्वा” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।


यही माघ १९ गते देखि पुरानो वर्षलाई बिदाई गरेर नयाँ वर्ष ताक ल्हो (बाघ) वर्षलाई स्वागत गर्दै छन् । कोभिड १९ को नयाँ भेरियन्ट् ओमिक्रोनको कारणले टुँडिखेलमा तामाङ समुदायको आयोजनामा हुने विशेष शुभकामना ल्होछार कार्यक्रम स्थगित भएको छ तर आधुनिक प्रविधिको प्रयोग गरी कलाकारहरुले तामाङ समुदाय लगाएत ल्होछार प्रेमीहरुका लागि “ल्होछार ला ज्याबाडान्वा” अर्थात ल्होछारको शुभकामना म्यूजिक भिडियो सार्वजनिक गरेको हो ।

गायक अभिषेक मोक्तान तामाङ समुदायको चिरपरिचित गायक हो । उहाँको धेरै तामाङ गीतहरु छन् । गायक अभिशेक तामाङको आवाजमा रम्ने झुम्ने समुह धेरै छन् तर सामाजिक हितको निम्ति उहाँले गाएका धेरै गीतहरु समुदायमा चर्चित छन् । यसैगरी यो “ल्होछार ला ज्याबाडान्वा” गीत पनि सबैको जनजिब्रोमा झुन्डिने दाबी छ ।

तामाङ समुदायमा नाम कमाउन सफल शब्द रचनाकार कुमार स्याङवोको रचना रहेको यो गीतमा सेलो किङ चन्द्र कुमार दोङको संगीत रहेको छ भने उहाँले पनि यो म्युजिक भिडियोमा अभिनय गरेको छ ।
मेघा स्टार कुमार मोक्तान, नायक सागार घिसिङ र चक्कलेटी मोडल लाक्पा लामाको विशेष अभिनय रहेको छ । तामाङ समुदायको पहिलो चलचित्र “सेमला छोरङान” पछिको पहिलो नायिका चाँदनी मोक्तान, चुलबुले मोडल याङ्गी दोङ, मोडल अनिता गोले र मोडल पुर्णिमा लामाको अभिनयलाई हेरेर यो म्युजिक भिडियोबाट आनन्द लिन सकिन्छ ।

निर्देशन तथा कोरियाग्राफी प्रतीक ङ्यसुरले गरेको भिडियोमा विक्रम मोक्तानले छायांकन र इडिट गरेका थिए।
यो भिडियो गायक तथा संगीतकार अभिषेक तामाङको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ।


भिडियो हेर्नुस्।

भर्खरै

सम्बन्धित खबर

Language »