सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक तथा मोडल चक्र बमको यू– ट्युब च्यानलबाट सार्बजनिक


नेपालगञ्ज, सर्बाधिक रुचाईएको “ओई काजल” बोलको गीतको स्लो भर्जन फ्लास ब्याक गायक तथा मोडल चक्र बमको यू– ट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

सबैको मनमा बस्न सफल गीत “ओई काजल” कसरी बन्न गयो त भन्ने बिषयमा यस गीतको म्युजिक भिडियो मार्फत देखाईएको छ । गीतमा बिगत लामो समय देखि संगित संयोजन गर्दै आएका चर्चित संगित संयोजक एरेन्जर केशव बडुको आवाज रहेको छ ।

केशव बडुले थुप्रै सुपरहिट गीतहरुको संगित संयोजन गरिसकेका छन । मारुनी डिजिटल रेकडिङ्घ स्टुडियो काठमाण्डौंमा रेर्कड गरिएको उक्त गीतमा शब्द संगित चर्चित गायक तथा मोडल चक्र बमको रहेको छ भने यो भन्दा पहिलो अर्थात फाष्ट बीटमा सार्वजनिक गरिएको गीत नीकै चर्चा बटुल्न सफल ओई काजलमा आवाज पनि गायक तथा मोडल चक्र बमको नै रहेको छ ।

गीतको अडियो मिक्सिङ्घ कुमार रानाले गरेका हुन । पछिल्लो समय कुनै पनि गीत होस वा चलचित्र होस भाग १ भाग २ भन्ने कुरामा होड बाजी चलिरहेका बेला यस गीतको म्युजिक भिडियो भने निकै बेग्लै तरिकामा प्रस्तत गरिएको छ ।

किनभने यो गीतको फाष्ट बिट सुनेका दर्शक तथा स्रोताहरुले यो स्लो भर्जनको गीतलाई सन्नै पर्ने हेर्नै पर्ने गरी प्रस्तुत गरिएको छ ।

गीतमा अभिनय पनि स्वयम केशव बडु उनका धर्मपत्नी,श्रीया बडु, छोरी रिहानिका बडु साथमा गीता ढुङ्गाना र गायक चक्र बमको अभिनय रहेको छ ।

बी स्टार फिल्मको पोष्ट प्रोडक्सन रहेको शो गीतको निर्देशन बिक्रम चौहानले गरेका छन भने सम्पादन मिलन बिश्वकर्माले गर्नुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »