सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक मदन घलानको हिरो हुने मोह, के पुरा होला त ?

काठमाडौँ । काभ्रेको बेथानचोकको पाखापखेरासँग मित्तेरी लाउँदै हुर्केका गायक मदन घलानले तामाङ सागीतिक क्षेत्रमा छुट्टै पहिचान कमाउन निरन्तर लागिरहेका छन् ।


खानीखोला गाउँपालिका वडा नं. ६ मेल्चीमा जन्मेता पनि बेथान चोक गाउँपालिका वडा नं. २ लाई कर्मथलो बनाउदै आएका गायक मदन घलान बुबा रत्न बाहदुर घलान र आमा छलीमाया घलानको पहिलो सन्तान हो ।

बाल्यकाल देखि नै गीत गाउन रहर गर्ने घलानले पहिलो गीत “भो अब लगाउदिन कसैसँग माया” बोलको नेपाली गीतमा स्वर दिएको थियो त्यसमा उनको चित्त नबुझेपछि “जब उत्तर दियो तिम्रो प्रश्नलाई भन्ने नेपाली गीत गाएको थियो तापनि गायक मदन घलानले सांगीतिक क्षेत्रको बजारमा चर्चा कमाउन सकेन । निरन्तर लागि रहे । संघर्षको पाइला चालिरहे । तेस्रो गीत “बोमो खाला नेबा ताङ्बा खाला” तामाङ गाएको थियो तर पनि गायकको पहिचान कमाउन सकेन । गायक मदन घलानले कहिले पनि हरेस खाएन । निरन्तर पाइला चालिरहयो ।

“पूर्व शिलिङलिङ” सामाजिक संजाल टिकटकमा सार्वधिक चर्चा कमाउन सफल तामाङ गीत हो । यसमा गायिका बिनिता लोप्चनले गायक मदन घलानलाई साथ दिएकी छिन् । गायक मदन घलानले जब “धार्सेला छामे म्योवा” तामाङ गाउने अवसर मिल्यो त्यसपछि मदन घलानलाई तामाङ समुदायले गायकको रुपमा चिन्न थाले । उनको यो निरन्तर लगावकै कारणले “लाहुरे शिकारी”,“छामेला कम्पनी”, “नुवाकोटला छामे कादे”, “म्हार ढुङ्री” जस्ता राम्रा राम्रा गीतहरु तामाङ समुदायले पाएका छन् । “छिङगाई सुप्पारी” उनको सुपर डुपर चलेको गीत हो ।

गायक सफल घलानको स्वरमा छुट्टै जाँदु छन् । अहिले उनको “छुम्सी थान्वा माया” भक्तपुरको एक पाटीप्यालेसमा बृहत साँस्कृतिक कार्यक्रमको बीचमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
संविधानसभा सदस्य तथा पूर्व माननीय सांसद तीर्थ लामाको प्रमुख आत्थ्यितामा यो गीत मदन घलान अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

मदन घलान अफिसियल युटुब च्यानलमा नौ वटा गीत र भिडियोहरु हालेका छन् । यसमा “छुम्सी थान्वा माया” को म्यूजिक भिडियो पनि हेर्न पाइन्छन् ।

ज्ञानदास तामाङको शब्द र उहाँकै संगीतमा निर्माण गरेको प्रेम गीत “छुम्सी थान्वा माया”मा गायीका जितु लोप्चनको पनि स्वर रहेको छ भने सुचना थोकर र गायक मदन घलान आफैको अभिनय रहेका छन् ।


गायन क्षेत्रमा लागेर चर्चा बटुल्न सफल गायक मदन घलानलाई मोडल हुने रहर त स्वभाविक नै हो तर दर्शकले रुचाउछन् या रुचाउदैन त्यो हेर्न भने बाँकी नै छन् । सूचना थोकरको पनि यो पहिलो भिडियो भने होइन नै ।

सामाजिक संजालमा यो गीतले धेरै चर्चा कमाउन सफल भएको छ । अब मदन घलान अफिसियल युटुब च्यानलबाट दर्शकको मन जित्न सकेला त । गायक जितु लोप्चनको सुरिलो आवाज अनि मदन घलनको लोभ लाग्दो स्वरकै कारणले पनि यो गीत सबैको रुचिमा पर्नेछन् भन्नेमा कुनै दुई मत छैन ।

कार्यक्रममा मिस तामाङ २०२१ का बिजेता सफलता थिङ , फस्ट रनअर अप पेमा पाख्रिन, सेकेन्ड रनअर अप साेनिया वाइवालाइ सम्मान गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »