सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक राजु लामाको आवाजमा “शैलुङ्गे मेला” सार्वजनिक, शब्द संगीत- अनिल लामा

चर्चित सांगीतिक ब्याण्ड मंगोलियन हाटका गायक राजु लामाको आवाजमा “शैलुङ्गे मेला” गीत सार्वजनिक भएको छ । गीतमा शब्द संगीत अनिल लामाको रहेको छ भने फणीन्द्र राईको संगीत संयोजन रहेको छ । मित्र लामाले गीतको अडियो मिक्सिङ मास्टरिङ गरेका हुन् । गीतलाई शनिबार राजधानीको महाराजगञ्ज स्थित रोयल पार्टी भेन्यूमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता पुर्व सांसद तिर्थ लामा प्रमुख अतिथिका रूपमा थिए भने विशेष अतिथिका रूपमा मंगोलियन हार्टका गायक राजु लामा उपस्थिति थिए । गायक संगीतकार विश्व दोङ, सुसन लामा, टीका बम्जन लगायतका थुप्रै कलाकार अनि पत्रकारहरु कार्यक्रममा उपस्थित थिए ।

शैलुङ लगायत यसका आसपासमा छायांकन गरिएको यस भिडियोमा गायक राजु लामाका साथमा एलिसा राई र साजन मोक्तानको अभिनय रहेको छ । सोनाम पाख्रीनको निदेशन रहेको सो भिडियोलाई पवन सुस्लिङ्ले सम्पादन गरेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »