सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक राज कुमार तामाङ “झुटो माया” मा बिलौना गर्दै, गाए यस्तो मन छुने गीत

गायक तथा संगीतकार राजकुमार तामाङको संगीत र आवाजमा “झुठो माया” बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा संजय योञ्जन तामाङको शब्द र बुद्ध स्याङ्बाको संगीत संयोजन सुन्न सकिन्छ । संगीता मोक्तान तामाङ र संञ्जय योञ्जन तामाङको निर्माणमा बनेको सो गीत ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड भएको हो । गीतका रेकडिस्ट राजेश श्रेष्ठ हुन् भने गीतलाई किशोर थापाले मिक्सिङ/मास्टरिङ गरेका हुन् ।

नेपाली सुगम संगीतमा आधारित यस गीतले प्रेम वियोगको तड्पन र पिडालाई उजागर गर्न खोजेको छ । आफ्नो आमा र बाबुलाई समेत बिर्सेर माया गरेको मायालुले छोडेर गएपछिका रोदनलाई गायक तामाङको सुमधुर आवाज मार्फत प्रस्तुत गरिएको छ ।
गीत सुन्नुहोस् ;

भर्खरै

सम्बन्धित खबर

Language »