सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक राज कुमार दोङ तामाङको “चु डम्फू” सार्वजनिक, भिडियोमा अमिर दोङ र अमिर मोक्तान

गायक संगीतकार राज कुमार दोङ तामाङ र गायिका शशिकला मोक्तानको सुमधुर आवाजमा तामाङ मौलिक डम्फूको गीत “चु डम्फू” सार्वजनिक भएको छ । गायक संगीतकार दोङकै संगीत रहेको सो गीतमा शब्द रचना एस मोक्तानको रहेको छ । बुद्ध स्याङ्बाको संगीत संयोजन रहेको यस गीत ए वान म्युजिसिएन स्टुडियोमा रेकर्ड गरिएको हो भने गीतलाई किशोर थापाले अडियो मिक्सिङ गरेका हुन् ।

“ल्हास्सो म्युजिक वल्ड” को अफिसियल युट्युब च्यानलबाट म्युजिक भिडियो सहित गीतलाई सार्वजनिक गरिएको हो । सुमन तामाङ्को निर्देशन, भिडियो सम्पादन तथा छायांकनमा बनेको भिडियोमा अमिर दोङ, अमिर मोक्तान, कुइसाङ रुम्बा, नानु लामा, मिना ब्लोन लगायतको अभिनय हेर्न सकिन्छ ।

भिडियो हेर्नुहोस् ; 👇️

भर्खरै

सम्बन्धित खबर

Language »