सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक राेज माेक्तानलाई प्रहरीले किन पक्राउ गरे ? गायक चन्द्र कु. दाेङ् र गायिका इन्दिरा गाेले…..

काठमाडौँ । नेपाल तामाङ कलाकार संघको संस्थापक अध्यक्ष तथा बरिष्ट संगीतकार र तामाङ समुदायको स्वर सम्राट भनेर चिनिने गायक चन्द्रकुमार दोङ, गायिका इन्दिरा गोले, गायक रोज मोक्तानले अहिलेसम्म कहि कतै नखुलाएको रहस्यमय सांगीतिक घट्नाकोबारेमा सारा खबरको कला शैली संवादमा खुलाएको छ ।

“सिसाम तामाङ सितोपा, बामन कुर्सीरी टितोपा” गीत गाए बापत प्रहरीले गिरफ्तार गरी हनुमान ढोकाको प्रहरी चौकीमा ४ दिनसम्म याताना दिएको गायक रोज मोक्तानले खुलासा गर्नु भयो भने गायक इन्दिरा गोले र गायक चन्द्र कुमार दोङ फरार भएको स्वयं दवयले स्वीकार गरेका थिए ।

संवादको क्रममा गायक रोज मोक्तानले दैनिक पिटाइ खाएपछि दुखाईको महसुस नै नहुने अनुभव सुनाउदा गायिका इन्दिरा गोले र गायक चन्द्र कुमार दोङले हाँसो थाम्न सकेको थिएन ।

उहाँहरुले अहिलेसम्म कुनै पनि रेडियो, टेलिभिजन वा कुनै पनि अलनाइन टेलिभिजिनको सेटमा सँगै बसेर संवाद नगरेको स्वीकार गर्दै सँगै बसेर संवाद गर्दा विगतको धैरै घट्नाहरुको यादले पुनः सांगीतिक क्षेत्रमा नयाँ उर्जा थपिदिएको बताए ।

हुन त यी तीनै गायक गायीकाले तामाङ सांगीतिक क्षेत्रलाई इतिहासको एक हिस्सा थपिदिएको छ भन्दा फरक पर्दैन । तामाङ समुदायलाई गीत संगीतको माध्यमबाट चेतना छर्ने काम गरिदिएका छन् । सायद त्यसैको प्रभावले भन्नु पर्छ अहिले तामाङ समुदायमा म्यूजिक भिडियो निर्माण गर्ने जमात धेरै छ ।

गायक चन्द्र कुमार दोङले एक प्रश्नमा भन्नु भयोः “म अहिले तामाङ समुदायमा लागेका नव प्रतिभा गायक गायिकाहरुलाई केहि भन्दिन । किन भने हाम्रो तामाङ समुदायले नै तिनीहरुलाई विस्तारै स्थापित र विस्थापित गर्ने छन् । राम्रा गायक गायिकालाई अवश्य नै समाजले स्थापित गराउने छन् भने नराम्रोलाई त्यसै पाखा लगाई दिनेछन् । त्यसकारण मैले किन यो भएन त्यो भएन भनेर गाली गर्ने ? ”यही विचारमा गायिका इन्दिरा गोले र गायक रोज मोक्तान पनि राजी हुनुभयो ।

यो संवाद साँच्चिकै रुपमा तामाङ समुदायमा एक ऐतिहासिक नै भएको छ । हामीले यी तीनै गायक गायिकालाई गीत संगीतको कार्यक्रममा सँगै देखिएको थियो तर संवादको क्रममा पाएको थिएन । उहाँहरुले हृदय देखि नै मनको पीडाहरु अनि खुशीका पलहरु हामीसँग बाँडेका छन् । अवश्य नै तपाईँहरुले पनि सुनेर, हेरे साथ दिनुहोला ।

https://youtu.be/vVBGrkdocYA

भर्खरै

सम्बन्धित खबर

Language »