सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायक सञ्जय लामाको “ज्यान मैच्याङ्” बजारमा

सोमबार राजधानी बौद्ध स्थित म:म प्लाजामा एक कार्यक्रम गर्दै गायक सञ्जय लामाको “ज्यान मैच्याङ” बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा गायिका रोश्ना लुङ्बाले गायक लामालाई आवाजमा साथ दिएकी छिन् । गायक संगीतकार विश्व दोङ्को शब्द संगीत रहेको यस गीतलाई नोर्बु शेर्पाले संगीत संयोजन गरेका हुन् भने अडियो मिक्सिङ् दिपेश प्रधानले गरेका हुन् ।

गीतको भिडियोलाई त्रिलोक लामाले छायांकन गरेका हुन् भने निर्देशन मिथुन बिजी र भीषण दोङ्ले गरेका हुन् । भिडियो सम्पादन सुर्य लामाले गरेका हुन् ।
भिडियोमा याङ्की दोङ्, मञ्जु श्रेष्ठ, अनुशा लामा, भीषण दोङ, रेहन लामा, सुनिल घतानी, रोश्नी लामा, मुना लामा, डेबिट लामा, सरोज लामा लगायतको सुन्दर अभिनय तथा नृत्य हेर्न सकिन्छ । तामाङ समुदायको संस्कृति र ठट्यौलीपनलाई गीतमा उजागर गर्न खोजिएको छ । डम्फू, टुंना, तामाङ भेष र मौलिकतालाई गीतले भरपुर अँगाल्ने प्रयास गरेको प्रष्ट देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस् ।

भर्खरै

सम्बन्धित खबर

Language »