सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गायत्रीनगरका सुकुम्वासीलाई राहत


नेपालगञ्ज, नेपालगञ्ज -२० मनीकापुर गायत्रीनगर बसोबासरत सुकुम्वासी÷भूमीहिनलाई आज राहत वितरण गरिएको छ ।

कोरोनाको बढ्दो संक्रमणकाबीच निरन्तरको लकडाउन र बेला बेला गरिएको निषधाज्ञाले मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुलाई खाना खान समेत समस्या परिरहेका बेला नेवा साइक्लीङ नेपालगञ्ज परिवारले चामल लगायतको राहत उपलव्ध गराएको हो ।
आदर्श माविको जग्गामा बसोवास गरिरहेका परिवारहरुलाई वडा न २० वडा समिति कार्यालयको अग्रसरता र सम्वाद समूह, बाँकेको सम्वाद सहजीकरणपछि हालै नजीकै नाला किनारमा स्थानान्तरण गरिएको थियो ।

लकडाउन भएपछि दैनिक खाना खान समेत समस्या परेको समाचारहरु सार्वजनिक भएपछि आज ९० घरपरिवारलाई राहत दिइएको हो । राहत अन्तगर्त २० केजी चामल, एक पोका तेल, एक प्याकेट सोयाविन, एक प्याकेट नुन, एक प्याकेट चना रहेको छ ।

दिनभर काम गरेर साँझपख जोहो गर्ने मध्ये अधिकांस अपांङग, असक्त, एकल महिला परिवार रहेका छन् । नेपालगञ्ज १२ निवासी टेक बहादुर पुनको संयोजनमा अष्ट्रेलिया निवासी सुवास श्रेष्ठ र श्रीमती डेलीआना श्रेष्ठद्धारा वडा न २० वडा समिति कार्यालयको समन्वयमा सहयोग गरिएको हो ।

एक समारोबवीच नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शमशेर राणााले राहत प्रदान गर्दै मानवीय सेवाले जीवनयापनमा उर्जा थप्ने विश्वास व्यक्त गर्नु भयो ।

नेवा साइक्लीङ अध्यक्ष चन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर कार्की, सम्वाद समूह बाँकेका सहजकर्ता एवं पत्रकार शुक्रऋषि चौलागाई, कार्यक्रम संयोजनकर्ता टेक बहादुर पुन, नेपालगञ्ज साइक्लीङ क्लवका अध्यक्ष गगन थापा, नेवा साइक्लीङका सदस्य जितेन्द्र जोशी, स्थानीय अगुवा लाल बहादुर परियार लगायतका अतिथीले राहत प्रदान गरेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »